आइतबार, साउन ३, २०८३

 धनगढीमा आजदेखि अनिश्‍चिकालिन बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश ७ को स्थायी राजधानी गोदावरी राख्ने संसदको निर्णय विरुद्ध शनिबारबाट अनिश्चितकालिन धनगढी बन्द गरिएको छ।
 
शनिवार बिहानैदेखि धनगढी बजार पूर्णरुपमा बन्द रहेको छ। बाहिरबाट आएका सवारी साधनलाई शनिबार बिहान भित्रिन दिइए पनि धनगढीबाट बाहिर जाने सवारी साधन भने सञ्चालन भएका छैनन्। मोटरसाइकल फाटफुटरुपमा सञ्चालनमा छन्। बजारमा अटो रिक्सासमेत चल्न दिएका छैनन्। बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । 

बन्दकर्ताले धनगढी बजारमा मोटरसाइकल र्‍याली समेत निकालेका छन्। बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढी बजारभरी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को गोदावरी राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुईतिहाई बहुमतका आधारमा गरिएको थियो । कांग्रेसले प्रतिपक्षको उपस्थितिविना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ।  

प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन्। त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदले बैठक बहिस्कार गरे पनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।