आइतबार, साउन ३, २०८३

‘ए’ डिभिजन लिग : आज आर्मी र एनआरटी भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं-आज (शनिबार)बाट शुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । 

घरेलु फुटबल करिब पाँच बर्ष देखि आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो ।

रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा उपत्यकाका शीर्ष १४ क्लबलेले प्रतिस्पर्धा गर्ने छन् । ९१ खेल हुने यस प्रतियोगिता करिब तीन महिनामा सम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेलमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सफल सुरुवात गर्ने हुनेछ ।

एनआरटीका प्रशिक्षक महेश्वर पन्थीले करिब एक महिनामात्र तयारी गर्न पाएकाले सोचे अनुसारको अभ्यास गर्न नपाएको बताउछन् । मोफसल र काठमाडौंका सामान्य खेलाडीलाई समावेश गर्दै टोली बनाईएको उल्लेख गर्दै उनले उद्घाटन खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताए ।

यता, पुर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेले यसै ए डिभिजन लिगबाट प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् । लामो समयबाट अभ्यास र तयारीमा रहेको टोलीबाट उनले उपाधि जित्ने लक्ष्य लिएका छन् ।

‘पहिलो पटक प्रशिक्षकको जिम्मेवारी ए डिभिजन लिगमा निभाउदैछु । एक पटक समेत लिग नजितेको आर्मीलाई उपाधि जिताउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’ उनले भने, ‘आर्मीले स्वभाविक खेल खेल्छ । तर राम्रा खेलाडीबाट नतिजा राम्रो निस्कने अपेक्षा गरेको छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।