आइतबार, साउन ३, २०८३

आजका पत्रपत्रिकाले के छापे?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट शनिबार प्रकाशति राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले विविध राजनीति, सामाजिक तथा आर्थिक विषयलार्इ प्राथमिकतासाथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।

राजधानीबाट प्रकाशि नागरिक दैनिकले 'जोखिममा परिवार टुटेका बालिका' शिर्षकमा समाचार छापेको छ। कञ्‍चनपुर र कास्कीमा बलात्‍कारपछि हत्या गरिएका क्रमश: १० र १३ वर्षियमा बालिकाको पारीवारिक पृष्ठभूमि हेर्दा केही समान देखिन्छ। जुन समानता हो, दुवै घटनाका पीडितको टुटेको परिवार। दुवैको परिवारबाट आमा अलग्गिएका अवस्था थियो। दुवैको परिवारमा आमाले दुखजिलो गरी परिवार पालेको अवस्था छ। यी दुर्इ घटनाले संकटग्रस्ट र टुटेको परिवारका बालबालका तथा महिला बलात्‍कारको जोखिममा परेको देखिन्छ।

'बालात्‍कारीलार्इ फाँसी ठिक : गृहमन्त्री' शिर्षकमा अन्नपूर्ण पोस्टले समाचार छापेको छ। जसमा लेखिएको छ, 'गृहमन्त्री राम बहादुर थापा बादलले बलात्‍कारीलार्इ आजीवन कैद सजाय पनि कम भएको बताएका छन्।' उनले यस्ता जघन्य अपराधीलार्इ फाँसीको सजायसम्मको व्यवस्था ग्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी कान्तिपुर दैनिकले नेकपामा असन्तुष्टी शिर्षकमा समाचार प्रकाशित गरेको छ। नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन्। आफ्नो अनुपस्थितिमा विधि र प्रक्रिया मिचेर निर्णय गरिएको भन्दै नेपालले महासचिव विष्णु पौडेललार्इ असहमतिपत्र बुझाएका हुन्। 

त्यसैगरी नयाँ पत्रिका दैनिकले देशका अब्बल महिला शिर्षकमा समाचार छापेको छ। जसमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओन्सरी घर्ती, पूर्वप्रधानन्यायाधीस शुसिला कार्की, मेगा बैंगा बैंककी सिइओ अनुपमा खुन्जेली, प्रदेश प्रमुख अनुराधा कोइराला, प्रमुख स्थानीय विकास अधिकारी (एलडिओ) सीता परियार, यामकुमारि खतिवडा पहिलो महिला प्रशासक, संगिना वैध खेलाडी, धावक मिरा रार्इ र बडिविल्डर ननिता महर्जन, जो आफ्नो क्षेत्रमा पहिलो भए र कतिपयले इतिहासमा नाम लेखाए। 

भारतले चितवनसम्म इन्धनको पाइपलाइन विस्तार गर्ने शिर्षकमा दी हिमालयन टाइम्समा खबर छ। 

त्यसैगरि अन्य समाचारहरुमा प्रदेश नम्बर सातको नाम सुदुरपश्‍चिम र राजधानी गोदावरि तोकियो, मोबाइलको लतमा केटाकेटी, फेरि अनशन बस्ने डा केसीको चेतावनी, आर्थिक तनावमा विश्व: प्रधानमन्त्री, वाइडबडी घोटालाकाण्ड: लेखा समितिले डाक्यो पर्यटनमन्त्रीलगायतका समाचारहरु प्रकाशित भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।