आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  इन्डोनेसियामा ७.५ म्याग्‍नीच्‍यूडको भूकम्‍प, सुनामीको चेतावनी

 इन्डोनेसियामा ७.५ म्याग्‍नीच्‍यूडको भूकम्‍प, सुनामीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाकार्ता- इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन्। 

इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ। अधिकारीहरूका अनुसार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो। 

“भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा बताए।

इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो। सुरुमा ७.७ म्याग्नीच्युडको भूकम्प पछि ७.५ म्याग्नीच्युडको भएको थियो । 

भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो। पराकम्प पनि झण्डै ६.१ म्याग्निच्युडको थियो। त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६.० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।