आइतबार, साउन ३, २०८३

लामोसाँघु-मुडे सडकखण्ड १५ दिनमा मर्मत गर्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय संसद प्रतिनिधिसभा अर्न्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लामोसाँघु-जिरी सडकखण्ड अर्न्तगतको लामोसाँघु-मुडे सडकखण्ड मर्मत कार्य १५ दिन भित्र सम्पन्न गरिसक्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानी सहज हुनेगरी लामोसाँघु-मुडे सडकखण्डको मर्मत, सम्भार कार्य १५ दिन भित्र सम्पन्न गरिसक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काममा कठिनाई आएपछि सो सडकखण्ड मर्मतको काम १५ दिन भित्र गरिसक्न सरकारलाई सचेत गराउनु परेको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले सो सडक खण्डको हालसम्मको कामको सम्पूर्ण विवरण ५ दिन भित्र समितिमा पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ। 

बैठकमा समितिकी सदस्य शान्तिमाया तामाङले सो सडक खण्ड तत्काल मर्मत संहार गरी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीलाई सहज बनाउन सरकारसँग माग गरेकी थिइन्। सो सडक खण्डको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा यात्रुहरुले समेत सास्ती व्यहोर्नु परिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।