आइतबार, साउन ३, २०८३

'जथाभावी यात्रु कोच्‍ने कारवाहीमा पर्छन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले नजिकिँदै गरेको चाडबाडको समयमा ट्राफिक नियम उल्लघंन गर्नेविरुद्ध कडा निगरानी र कारवाही गरिने जनाएको छ। 

उपत्यकाको ट्राफिक व्यवस्थापन, बडादशैं, तिहार र छठको सुरक्षा योजना सार्वजनिक गर्दै ट्राफिक महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्तकुमार पन्तले विशेष पर्वमा हुने सवारी चाप तथा नियम उल्लघंनविरुद्ध ट्राफिक कडा रूपमा उत्रिने बताएका हुन्। हाल ट्राफिक महाशाखामार्फत् उपत्यकामा १४ सय ५० जना परिचालन गरिएको र आवश्यक परे नेपाल प्रहरीबाट थप जनशक्ति परिचालन गरिने पन्तले बताए। 

सार्वजनिक यातायात तथा ट्याक्सी व्यवसायले तोकिएको भन्दा बढी भाडा लिने र तोकिएको स्थानमा नजानेविरुद्ध कारवाहीका लागि सादा पोशाकका एक सयभन्दा बढी ट्राफिक परिचालन गरिएको उनले जानकारी दिए।  यात्रुको सहजताका लागि उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। त्यस्ता कक्षबाट यात्रालाई सहजीकरण र उजुरी लिने व्यवस्था मिलाइएको छ। 

विगतमा जस्तै यसपालि पनि दशैं, तिहार र छठमा ठूलो संख्यामा यात्रु उपत्यका बाहिरिने भित्रिने र यातायात व्यवसायीले मनपरि यात्रु कोच्ने र भाडा असुल्नेविरुद्ध कडा कारवाही गरिने महाशाखाले जनाएको छ।

गत वर्ष काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या २५ लाखभन्दा बढी रहेको  र यसपटक उक्त संख्या वृद्धि हुनसक्ने एसएसपी पन्तले बताए। चाडबाडमा यात्रु ठगिने, ट्राफिक नियम उल्लघंनका कारण दुर्घटना बढ्ने भएकाले त्यसको न्यूनीकरण गर्न ट्राफिक परिचालन चुस्त पारिने महाशाखाले जनाएको छ। 

क्षमताभन्दा बढी यात्रु बोक्ने र ट्राफिक नियम उल्लघंनका कारण गत वर्षको दशैंमा मात्र उपत्यकामा एक सय ७७ वटा सवारी दुर्घटना भएका थिए। तिनमा परी चार जनाको मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते र एक सय ५६ जना सामान्य घाइते भएका थिए।  सरकारले सिन्डिकेट अन्त्यको घोषणसँगै यातायात व्यवसायीको बैंक खातासमेत रोक्का गरेको थियो। यातायात व्यवसायीले चाडबाडको समयमा समस्या पार्नसक्ने बताउँदै ५ असोजमा आंशिक खाता खोल्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको पश्चिमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष दधि खरेलले बताए। 

'बैगुनको बदला गुनले लिन्छौं'


पश्चिमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष खरेलले यातायत व्यवसायी संगठित भएर गरिएको कामलाई सरकारले सिन्डिकेटको आरोप लगाउनु दु:खद रहेको बताए। यात्रुको आवतजावतमा सहजीकरणका लागि समयमै अतिरिक्त बससमेत उपलब्ध गराउने उनले जानकारी दिए। सरकारले दुई तिहाइको दम्भ देखाउँदै चर्चित बन्न व्यवसायीको अधिकार नै हनन हुने गरी बैंक खाता रोक्का तथा रुट परमिट खारेज गरेको उनले बताए। सरकारलाई यातायात व्यवसायीको योगदान महशुस हुनेगरी विगतमा भन्दा अझ व्यवस्थित तवरमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनेसमेत खरेलले बताए। 

पश्चिम नेपाल यातायात व्यवसायी संघ नेपालको सबैभन्दा ठूलो र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालित एक मात्र यातायात व्यवसायी संघ भएको उनले दाबी गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।