आइतबार, साउन ३, २०८३

६० वर्षीया श्रीमतीको ढुंगा हानी हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-फुदिखोला-३२ पोखरामा ६० वर्षीया श्रीमाया गुरुङको हत्या भएको छ । उनको आफ्नै श्रीमान एमबहादुर गुरुङले ढुंगा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 
कास्की प्रहरीका प्रवक्ता बिरेन्द्र मान गुरुङका अनुसार टुडीस्थित सुकुम्बासी टोलमा बस्दै आएका यमबहादुरले लामो समयदेखि प्यारालाइसिसकी बिरामी रहेकी श्रीमतीको बुधबार राति हत्या गरेको पाइएको छ । 

बिहीबार हत्याको जानकारी पाएपछि अनुसन्धान थालेको प्रहरीले घर नजिकैको खेतमा लुकेको अवस्थामा अभियुक्त यमबहादुरलाई फेला पारेको छ । 

श्रीमती बिरामी भएपछि दैनिक मजदुरी गर्दै आएका उनी बुधबार राति मदिरा सेवन गरी घर पुगेका थिए । यही विषयमा भएको सामान्य विवादका क्रममा उनले ढुंगा प्रहार गरेको वयान दिएका छन् । 

दुई दम्पती फुदिखोलाको सुकुम्बासी टोलमा बस्दै आएका थिए । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याका अभियुक्त मानिएका गुरुङलाई सार्वजनिक गर्ने जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।