शनिबार, वैशाख १५, २०८१

'फुटबल र क्रिकेटका लागि फरक मैदान चाहिन्छ भन्ने कुरै बुझेनन्'

कहिलेकाहीँ त आउटफिल्डमा ढुंगा नै भेटिए। सातौं राष्ट्रिय खेलकुदका क्रमम यहि मैदानमा प्रतियोगिता हुँदा मैदानमा हरियाली थियो। तर अहिले मैदानको आउटफिल्ड बिर्सनलायक थियो।
 |  मंगलबार, माघ १०, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, माघ १०, २०७९

इटहरी- यस वर्षको प्रधानमन्त्री कप क्रिकेट सुनसरीको इटहरीमा आयोजना भयो। जनता पार्कमा शुक्रबार भएको खेलका क्रममा मैदानको पश्चिमतर्फ मधेस प्रदेशका एक फिल्डरको खुट्टा चिप्लियो। उनी लडेपछि फुत्किएको बलले चैकाको घेरा छोयो। दुई ओभर अगाडिमात्र मधेसको प्लेयर बक्स अगाडि ठोक्किएर बलले दिशा परिवर्तन गर्दा पनि झन्डै सुदूरपश्चिमले उपहारमा चौका पाएको थियो।

triton college

शनिबार दिउँसो सकिएको प्रधानमन्त्री कप महिला क्रिकेटको प्रतियोगितामा यस्ता घटना भइरहे। जसले खेलाडीलाई डाइभ हानेर क्याच गर्ने आँट दिन सकेन। कहिलेकाहीँ त आउटफिल्डमा ढुंगा नै भेटिए। सातौं राष्ट्रिय खेलकुदका क्रमम यहि मैदानमा प्रतियोगिता हुँदा मैदानमा हरियाली थियो। तर अहिले मैदानको आउटफिल्ड बिर्सनलायक थियो।

धेरै खेलाडी त्यही मैदान सम्झिएर इटहरी पुगेका थिए। तर योपटक त्यस्तो पनि भएन। ‘यहाँ आउटफिल्ड चाहिँ धेरै कमजोर देखियो। कहिँ त खाल्डाखुल्डी छन्। एकातर्फ त बल इरेगुलर पनि हुन्छ,’ राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलिसकेकी एक खेलाडीले नेपाल समयसँग भनिन्।

प्रधानमन्त्री कपको लागि २५ दिन अघिबाट मात्र मैदान तयार गर्न सुरु गरेका कारण आउटफिल्ड बनाउन सम्भव नभएको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताका छन्। ‘हामीलाई समय पनि पर्याप्त भएन। भएको भए हामीले आउटफिल्ड पनि पर्याप्त बनाउन सकेनौं। आउटफिल्डमा समस्या छ। एक साइडमा त राम्रो नै छ,’ उनले भने। सिपीलाई लाग्छ– यो समस्या इटहरी मैदानको मात्र होइन। त्रिवि मैदानबाहेक सबै मैदानमा यस्ता समस्या रहिआएका छन्। केन्द्रिय र स्थानीय सरकारले ध्यान नदिनु यो समस्याको मुख्य कारण भएको उनको ठहर छ।

‘राम्रो मैदान नहुनु देशकै समस्या हो। एक वर्षको समय भयो भने हामीले मैदानमा राम्रो रेखदेख गर्न सक्छौं। एक महिनामा के तयारी गर्नु? यद्यपि केही दुर्घटना चाहिँ भएन,’ उनले आगामी संस्करणमा यसबारे थप ध्यान दिने पनि बताए।

corrent noodles
Metro Mart


सातौं राष्ट्रिय खेलकुद पनि यहि मैदान भएको थियो। त्यसपटक आउँदा भने मैदान हरियाली थियो। उतिबेला वर्षाको मौसम भएका कारण पनि हुनसक्छ– आउटफिल्ड राम्रो थियो। उतिबेलाको योजना लामो भएका कारण मैदान बनाउन स्थानीय क्षेत्रले समय पनि पाएको थियो। ‘पहिले चाहिँ माटो हालेर नयाँ मैदान बनाएको थियो। त्यसैले फरक होला,’ उनले भने।

इटहरीमा पिएम कप आयोजना गर्ने भनेर धेरै अघि योजना बनेन। सुनसरी जिल्लाको अघिल्लो साधारणसभाले महिलाको कुनै प्रतियोगिताको जिम्मेवारी पायौं भने उत्कृष्ट प्रतियोगिता गर्ने थियौं भनेर क्यानलाई अनुरोध गरेको थियो। त्यसपछि संघले सरसल्लाह गरेर निर्णय लिने आश्वासन पनि दिएको थियो। त्यसै अनुरुप जिल्लाले यो प्रतियोगिता एक–ढेड महिना अघि हुने जानकारी पायो।

क्यानको बोर्ड बैठकले एक महिना अगाडि मैदान तयार राख्नका लागि जिल्लालाई निर्देशन दिएको थियो। त्यसपछि जिल्ला समितिको बैठकले संयोजकको रुपमा प्रदेश खेलकुद संघको सदस्य र मनमोहन क्रिकेट प्रतियोगिताका फाउन्डर विप्लव पौडेललाई प्रतियोगिताको संयोजक तोकेको हो। बल्ल पिएम कपको आयोजना सुरु भयो।

यो प्रतियोगितामा केहि नयाँ कुरा पनि भए। पहिलो पटक एपिएफ फाइनलमा पुगेन। यसअघि हरेक फाइनलमा पुगेको एपिएफविरुद्ध समूह चरणमै जित निकालेको सुदूरपश्चिमसँगै प्रदेश १ फाइनलमा पुगेका थिए। यसअघि कहिल्यै उपाधि नजितेको सुदूरपश्चिमले पूर्वमा उपाधि जितेर पश्चिम फर्किएको छ।

‘सातौं राष्ट्रिय खेलुकदमा इटहरीमा केटीहरुको राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यसपछि केटीहरुको प्रतियोगिता यहाँ भएकै थिएन। ग्याप पनि लामै भयो। जिल्ला क्रिकेट संघको साधारणसभामा पनि कुरा उठ्यो र हामीले आयोजना गरेको हो,’ अध्यक्ष पौडेलले नेपाल समयसँग भने। प्रतियोगिताको सबै आयोजना भने क्यान आफैंले गर्ने गर्छ। तर स्थानीय क्षेत्रको व्यवस्थापन मात्र जिल्लाले गर्ने हो। ‘पिचदेखि लिएर सबै कुरा हामीले बनाइरहेको हो। २५ दिनमा अहिलेसम्मकै उत्कृष्ट विकेट बनाएका छौं,’ अध्यक्ष पौडेलको दाबी छ, ‘राम्रो पक्षचाहिँ माटो एकदमै राम्रो पर्यो।’ तर प्रतियोगिता चिसो मौसममा भएका कारण बिहान कहिलेकाहिँ हुस्सुका कारण सुरुआत नै ढिलो भयो। कुनै कुनै दिन बिहान त पिचबाट राम्रोसँग बल नउठेको पनि खेलाडीको अनुभव छ।

यो प्रतियोगितामा केहि नयाँ कुरा पनि भए। पहिलो पटक एपिएफ फाइनलमा पुगेन। यसअघि हरेक फाइनलमा पुगेको एपिएफविरुद्ध समूह चरणमै जित निकालेको सुदूरपश्चिमसँगै प्रदेश १ फाइनलमा पुगेका थिए। यसअघि कहिल्यै उपाधि नजितेको सुदूरपश्चिमले पूर्वमा उपाधि जितेर पश्चिम फर्किएको छ।

त्यस्तै, पिएम कपको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाएकी छन्। ‘अतिरिक्त के गर्ने त भनेर सोचिरहेका थियौँ, नेपाल खेलकुद महासंघको सहयोगमा एक कुनै खेलाडीलाई स्कुटर दिने घोषणा गरेका छौं। यामाहाको सहयोगमा यो पुरस्कार दिने भएको छ,’ अध्यक्षले पुरस्कारबारे भने। यो पुरस्कार कपकै सर्वोत्कृष्ट खेलाडी कविता कुँवरले पाएकी छन्। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन्।

स्कुटर पुरस्कार कसलाई दिने भन्ने विषयलाई लिएर टेक्निकल समिति बनेको थियो। सो समितिले उत्कृष्ट युवा खेलाडीलाई यामाहाको स्कुटर पुरस्कार दिने निर्णय गरेको हो। ‘उत्कृष्ट खेलाडी जसले १० वर्ष अझै क्रिकेट खेलोस्। युवा खेलाडी जो लामो रेसको घोडा बन्नेछ,’ सिपीले भनेका थिए। अहिले १९ वर्षे खेलाडीले पुरस्कार पाइन्। नेपाली घरेलु क्रिकेटमा यो पहिलो प्रयास पनि हो।


त्यस्तै, खेलाडीलाई खुसी पार्नका लागि आयोजकले सहरका विभिन्न ठाउँमा गेट बनाएको थियो। साथै सेमिफाइनल अघि फोटो सेसनको लागि कोशीटप्पु लगेको थियो। ‘अब प्रतियोगिताबारे धेरैलाई थाहा हुँदैन। यस्ता कुराले चाहिँ हामीलाई प्रतियोगितामा हौसला दिएको छ,’ एपिएफकी कप्तान सीता राना मगरले भनेकी छन्।

राष्ट्रिय स्तरको प्रतियोगिता भए पनि इटहरीमा दर्शक भने देखिएनन्। फाइनलको दिन पनि सन्तोषजनक दर्शक क्रिकेट हेर्न मैदानमा पुगेनन्। यो कुराले नेपाली महिला क्रिकेटरलाई खुसी दिन सकेको छैन। यद्यपि जिल्ला अध्यक्ष सिपी इटहरी क्रिकेटको धेरै क्रेज भएको जिल्लाका रुपमा बताउँछन्। उनी भन्छन्, ‘सबैभन्दा धेरै क्रेज चाहिँ इनरुवमा छ। इटहरीमा पनि अलि अलि छ। क्रिकेटमा विकेन्द्रिकरण जस्तो छ। धरान, इनरुवामा, इटहरी, दुहवी फरक फरक ठाउँमा क्रिकेटका धेरै फ्यानहरु छन्।’

इटहरीमा केहि क्रेज भए पनि खेल्ने मैदानको अभाव छ। यहि जनता पार्क मैदान पनि विवादित रहेको छ। अहिले इनरुवामा पनि एउटा मैदान छ। तर भएको मैदानलाई पनि सरकारले वा कुनै जिम्मेवार निकायले व्यवस्थापन गरेको छैन। ‘हामीले फुटबल मैदानमा क्रिकेट गरिरहेको अवस्था छ,’ अध्यक्ष पौडेलले भने, ‘क्रेज धेरै छ तर क्रिकेटको लागि उपयुक्त मैदान छैन। लगानी छैन। स्थानीय निकायले पनि लगानी गर्न सकेको छैन।’

क्रिकेटको लागि भन्ने हो भने प्रदेश १ को सेन्टर भनेकै सुनसरी हो। तर अहिले झापामा धेरै खेलाडी जन्मिरहेका छन्। भर्खरै सम्पन्न यू–१९ को त प्रदेश १ च्याम्पियन नै हो। सिनियर प्रधानमन्त्री कपको दुई सिजनको फाइनलिस्ट हो प्रदेश १। यो वर्ष पनि उसले फाइनल खेलेको छ। त्यस्तै, इटहरी रंगशालामा अहिले हिसानको विभिन्न खेलकुद प्रतियोगिता चलिरहेको छ। विद्यालय स्तरको यो प्रतियोगितामा अहिले हार्ड बलले क्रिकेट खेल्न थालिएको छ। यसअघि यो प्रतियोगितामा टेनिस बलले क्रिकेट खेलाउने गरिन्थ्यो।

अहिले डिभिएम स्कुलको पश्चिममा रहेको यो मैदान क्रिकेटलाई प्रयोग भइरहेको छ। मैदानलाई अहिले स्कुलले संरक्षण गरिरहेको छ। केहि विवादित पनि छ मैदान। यहाँ, नगरपालिकाको पनि अलिकति जग्गा परेको छ। साथै, सातौं खेलकुद भइसकेका कारण मात्र यो मैदानमा अहिले पिएम कप भएको हो।

‘क्रेज बिल्डअप हुँदैछ। हाम्रो उद्देश्य भनेको प्रतियोगिता यहाँ ल्याएर महिला क्रिकेटको विस्तार गर्नु पनि हो। सुनसरीमा पनि महिला क्रिकेट विकास हुन्छ कि भन्ने नै हो,’ उनले भने। अहिले क्यानले डोमेस्टिक महिला क्रिकेट विकेन्द्रिकरण अनुसार काम गरिरहेको छ। प्छिल्ला तीन वर्षमा क्यानले देशका पाँच फरक फरक ठाउँमा क्रिकेट गराएको छ। क्यानले यसअघि लमही मैदान, सुदूरपश्चिम, काठमाडौंमा गरिसकेको छ। यसपाली पूर्वमा प्रतियोगिता भएको हो।

प्रतियोगितामा केहि कमजोरी रहे। ‘आगामी कुनै संस्करण गराउन पायौं भने नगरपालिकाको पनि ध्यानाकर्षण गराएर आउटफिल्ड राम्रो बनाउने छौं भन्ने लागेको छ। क्यानको पनि ध्यानाकर्षण गराएका छौं,’ पौडेलले जिम्मेवारी बोध गर्दै भने। तर नेपालमा नीति निर्माणको तहमा पुगेका मानिसले नबुझेको सिपी बताउँछन्।

‘क्रिकेटको लागि छुट्टै क्रिकेट मैदान चाहिन्छ। पीच र आउटफिल्ड मात्र बनायो भने पनि क्रिकेटको विकास हुन्छ। सरकारलाई थाहा छैन कि फुटबल र क्रिकेटको लागि फरक फरक मैदान चाहिन्छ भनेर धेरैलाई थाहै छैन। एकै खालको हुन्छ भन्ने पनि छ,’ उनले क्रिकेट विकासको लागि आधारबारे भने, ‘कमसेकम यो प्रतियोगिताबाट क्रिकेटको लागि फरक मैदान आवश्यक छ है भनेर जानकारी पनि दिन खोजेको हो।’


अहिले डिभिएम स्कुलको पश्चिममा रहेको यो मैदान क्रिकेटलाई प्रयोग भइरहेको छ। मैदानलाई अहिले स्कुलले संरक्षण गरिरहेको छ। केहि विवादित पनि छ मैदान। यहाँ, नगरपालिकाको पनि अलिकति जग्गा परेको छ। साथै, सातौं खेलकुद भइसकेका कारण मात्र यो मैदानमा अहिले पिएम कप भएको हो। ‘यो जग्गा क्रिकेटलाई नै प्रयोग गर्ने भन्ने छ। स्कुल र नगरपालिकाको अलिअलि जग्गा छ। तर स्कुलले संरक्षण गरेको जग्गा हो। हामीले पनि थप लगानी गरिरहेका छौं,’ सिपीले भने।

यो मैदानको भविष्यबारे चाहिँ कसैलाई अनुमान छैन। यसको भविष्य के होला भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन्, ‘स्थानीय सरकारले सहकार्य गरेर यसलाई क्रिकेट मैदान नै बनाउने भन्यो भने हामी पनि सहयोग गर्न तयार छौं। यसलाई भोलिको दिनमा प्यारापिटसँगै राष्ट्रिय स्तरको एकेडेमी बनाउने विचार हो। पूर्वको टियू मैदानको हिसाबले विकास गर्न सकिने ठाउँ पनि छ। त्यसका लागि सरकार नै अघि सर्नुपर्ने हुन्छ। हामी घचघच्याइरहेका छौं,’ अध्यक्ष पौडेलले भने।

प्रकाशित: Jan 24, 2023| 07:11 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।