आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ३३ केजी सुनकाण्ड: पूर्वडिआईजी गोविन्द निरौला पनि रिहा

साढे ३३ केजी सुनकाण्ड: पूर्वडिआईजी गोविन्द निरौला पनि रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौला पनि रिहा भएका छन्। 

उच्च अदालत विराटनगरले बिहीबार निरौलालार्इ साधारण तारेखमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन्। न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलार्इ उल्ट्‍याउँदै उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। 

गत १०  वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका निरौलाको १९ पटक पेसी सरेपछि बिहीबार बहस भएको थियो ।

२९ चैत ०७४ मा अवकाश पाएका निरौलाले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा रहँदा गोरे समूहलार्इ सुन तस्करीमा सघाएको दाबी गरिएको थियो।

अनुसन्धान समितिको छानबिनका क्रममा उनले सुन तस्करी गर्ने गिरोहसँग निरन्तर सम्पर्क गरेको समेत खुलेको थियो। समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको दाबी गरेको थियो । 

त्यहाँ सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम, भरियाको नाम र प्रहरीलार्इ बुझाइएको रकम समेत उल्लेख भएको जनाइएको थियो। जसमा तत्कालिन विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरलार्इ पैसा दिएको लेखिएको थियो।

यसअघि उच्च अदालतको आदेशमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, एसपी विकासराज खनाल पनि रिहा भइसकेका छन्। गोरेका तिन जना सहयोगीलार्इ पनि थुनामै राख्न आदेश दिएको होछ। 

मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने मोरङ जिल्ला अदालतको आदेशलार्इ नै बुधबार उच्च अदालतले सदर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।