आइतबार, साउन ३, २०८३

लुम्बिनीमा प्रदुषण बढेकोमा सरोकारवाला चिन्तित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लुम्बिनी- विश्व पर्यटनको केन्द्र लुम्बिनी क्षेत्रमा प्रदुषण बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।

नेपाल वातवरण पत्रकार समुहले विहीबार लुम्बिनीमा आयोजना गरेको सञ्चार बहसः लुम्बिनीमा औद्योगिक प्रदुषण विषयक् कार्यक्रममा बोल्दै प्रदेश सरकारका मन्त्री, स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख ,वातवरणवीद र वातवरण क्षेत्रमा रिर्पोटिङ गर्ने पत्रकार तथा उद्योग वाणिज्य संघका प्रतिनिधी सहभागीले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीलाई प्रदुषणमुक्त बनाइ छाड्ने बताएका छन्। लुम्बिनी कोरिडोरका उद्योगहरुका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदुषणको चपेटामा परेको र प्रदुषणकै कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर परेकाले प्रदुषणमुक्त बनाउन उद्योगीहरु तयार हुनुपर्ने बताए।

उद्योगहरु स्थानान्तरण गर्नुपरेमा पुराना उद्योग भएका स्थानमा पर्यटनसँग सम्बन्धित होटल, रिसोर्ट संचालन गर्न सम्बन्धित उद्योगीलाई दिने मन्त्री गिरीले स्पष्ट पारे।

सो अवसरमा लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी क्षेत्रलाई प्रदुषणमुक्त गराउन आफुहरुले सर्वपक्षिय राय सुझाब लिई दिर्घकालिन योजना बनाउने बताए।

सिद्धार्थ उद्योग वाणिज्य संघका अधयक्ष कूलप्रसाद न्यौपानेले उद्योगका कारण मात्र नभई भारतीय सीमावर्ती उद्योगका कारण पनि लुम्बिनीमा प्रदुषण भएपनि त्यसतर्फ कसैको ध्यान नगएको बताए।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै भिक्षु विवेकानन्दले प्रदुषण नियन्त्रण गर्ने प्रविधि र उपकरण उद्योगहरुमा जडान नहुंदा लुम्बिनीमा रहेका अशोक स्तम्भ लगायतका सम्पदाहरुमा असर पुगेको बताए। उनले मापदण्ड विपरित लुम्बिनीदेखी १५ किलोमिटर दुरीमा खोलिएका सिमेन्ट, छड, पेपर, इट्टा विवेकानन्दले उद्योगहरु राख्न नपाउने गरी कानुन बनाउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिए। लुम्बिनीमा हुने प्रदुषणको अनुगमन गर्न युनेस्को र विश्व स्वास्थ्य संगठनसंग सरकारले सहयोग लिन जरुरी रहेको बताए।

पर्यटनविद् प्रा डा गितु गिरीले वायु प्रदुषणसंगै ढल र नालीको उचित वयवसथापन गरी लुम्बिनीलाई सफा र स्वच्छ बनाउनुपर्ने सुझाव दिए। वातावरण बचाउ आन्दोलनका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद सापकोटाले फोहर विर्सजनकोलागी पुर्व तयारी जरुरी रहेको बताए।

लुम्बिनी विकास कोषका निमित्त सचिव इन्जिनियर सरोज भट्टराईले उद्योग विभागले लुम्बिनी विकास कोषसंग समन्वय नै नगरी उद्योग स्थापनाको अनुमति दिने गरेको गुनासो गरे । उद्योग विभाग ,प्रविधि तथा वातावरण शाखामा झण्डै २ सय २० वटा वैठक बस्दा कोषलाई भने एकपटक मात्र बोलाइएको उनले बताए।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरुको कार्बन उत्सर्जनले लुम्बिनीलाई प्रदुषणयुक्त बनाएको बताए। नेपाल वातावरण पत्रकार समूहका पुर्व महासचिव विश्व स्वास्थय संगठनले गरेको अध्ययनले पनि नेपालमै सबैभन्दा धेरै प्रदुषण लुम्बिनी क्षेत्रमा भएकोले सो प्रदुषण नियन्त्रण नगरे ठुलो नोक्सानी हुने भन्दै चिन्ता व्यक्त गरे।

कार्यकारी निर्देशक सुवोध गौतम, कार्यक्रम संयोजक दुर्गा कार्की, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, वातवरण पत्रकार समुहका भरत भुसाल, हिम विष्ट, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, भगवति पाण्डे, इन्दिरा अर्याल, युवराज कंडेल, नरेश केसी लगायतले वातावरणको विषयलाई विकास विरोधी भनेर चित्रित  गर्न नहुने धारणा राखे।      
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।