आइतबार, साउन ३, २०८३

'वर्तमान सरकार कमिसनको चक्कर फस्यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकार कमिसनको चक्करमा लागेको आरोप लगाएका छन्। 

बिहिबार धनगढीमा नेपाली कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागि प्रदेश नम्बर ७ स्तरीय भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री डाक्टर महतले यस्तो आरोप लगाएका हुन्। सरकारले सोझै बुढीगण्डकी गेजुवालाई निर्माण गर्न दिनु, पश्चिम सेती आफैं बनाएर बेच्ने भन्नु, प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरीमा सार्ने प्रयास गर्नुजस्ता सबै काममा कमिसनको खेल रहेको बताए। 

‘अहिलेको सरकार राष्ट्र र जनताको हितमा नभई कमिशनको चक्करमा मात्र लागि परेको छ’ उनले भने,‘कम्युनिस्ट पार्टीले जहिले पनि नियन्त्रण र निषेधको राजनीति गर्ने र संस्थागत भ्रष्टाचारको राजनीति गरिरहन्छ।’
 
जबसम्म देशमा कम्यूनिस्ट शासन रहन्छ तब सम्म विकास सम्भव नरहेको भन्दै महतले वर्तमान सरकारले ‘सुखी नेपाली, समृद्धि नेपाली’ भन्ने नारा लगाए पनि गतिविधी हेर्दा पार्टी, कार्यकर्ता पाल्नेमा सिमित रहेको बताए।’ अहिले आर्थिक अनियमितता, बलात्कार, हत्या हिंसा लगायतका क्रियाकलाप बढेको बताउँदै जनतालाई सुरक्षाको अनुभुति दिलाउनमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे। 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले निर्मला पन्तको घटनामा पार्टीले, सरकारले नै अपराधीको संरक्षण गरेको बताए। उनले आफुले प्रदेश ७ को राजधानी सार्न लागिएको भन्ने चर्चा सुनेको स्मरण गर्दै भने,‘मैले सोचेको थिए राजधानी डोटी हुन लागेको होला तर चुरेको किनार वनमा पो लग्ने प्रयास भएको रहेछ।’

उनले गोदावरी सिफारिस गर्नुमा कसैको जग्गाको मूल्य बढाउन, वन वेचेर लाखौं रकम हिनामिना गर्न वा निर्वाचनको समयमा भोट संरक्षण गर्न हुन सक्ने शंका व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद साउद, विरबहादुर बलायर, प्रदेश ७ का संसदीय दलका नेता रणबहादुर रावल, प्रदेश सांसद, नेपाली कांग्रेसका नौ वटै जिल्लाका जिल्ला सभापति, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।