बुधबार, वैशाख २, २०८३

'इमरजेन्सी'का लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

मुम्बई- बलिउड अभिनेत्री कंगना रनावतले हालै फिल्म ‘इमरजेन्सी’को सेटका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्।

National life

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन्। कंगनाका अनुसार उनले फिल्मका लागि आफ्नो सबै सम्पत्ति धितो राखेकी छन्। उनले फिल्मको फस्ट सेड्युलमै आफूलाई डेंगु भएको समेत खुलाएकी छन्।

कंगनाले तीन तस्बिर सेयर गरेकी छन्। जसमा उनी फिल्ममा आफ्नो चरित्र अनुसारको कष्ट्युम लगाएकी छन् र माइक्रोफोनमा कुराकानी गरिरहेको देखिएकी छन्।

‘यो फिल्मको सुटिङ रोकियो। त्यसकारण मैले सबै सम्पत्ति धितो राखेको छु। यो फिल्मको फस्ट सुटिङ सेड्युलमा मलाई डेंगु पनि भएको थियो’, उनले लेखेकी छन्।

कंगनाले यो फिल्मको घोषणा सन् २०२१ मा गरेकी थिइन्। फिल्ममा रितेश शाहको लेखन छ भने निर्देशक कंगनाकै छ। फिल्ममा कंगनाका अलावा अनुपम खेर, मिलिन्द सुमन, महिमा चौधरी, सतीश कौशिक र श्रेयश तलपडेको पनि अभिनय छ।

kumari

प्रकाशित: Jan 22, 2023| 01:00 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।