बुधबार, असार ३, २०८३

टर्टलमा आज तृष्णा गुरुङको लाइभ कन्सर्ट

भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९
National life
Shivam cement

गायिका तृष्णा गुरुङ आज काठमाडौं ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा गुन्जिने भएकी छिन्। भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन्। उनको ‘हस्की’ स्वर स्रोतामाझ प्रिय छ। टर्टलमा आज उनले माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन्।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत  क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरुको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।

प्रकाशित: Jan 20, 2023| 18:15 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।