आइतबार, साउन ३, २०८३

नियात्राकार भट्टराईले ल्याए ‘आहा हिमाल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नियात्राकार उत्तम भट्टराईले आफ्नो पहिलो कृतिका रूपमा ‘आहा हिमाल’ बजारमा ल्याएका छन्।

उनको नियात्रा संग्रह बिहीबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, कृतिकार भट्टराई तथा रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले संयुक्त विमोचन गरे।

यात्रा साहित्य सबैभन्दा बढी पढिने विधा भएको र ‘आहा हिमाल’ले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको उनले बताए। कृतिको समीक्षा गर्दै नियात्राकार नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचारप्रसारमा यो कृतिले अहं भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।

लेखिका शेर्पाले ‘आहा हिमाल’ मार्फत् नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा भएको बताइन्। कार्यकारी निर्देशक ज्ञवालीले विश्व पर्यटन दिवसकै दिन ‘आहा हिमाल’ विमोचन गर्न पाउँदा खुशी लागेको बताए।

लेखक भट्टराईले आफ्नो कृतिमा नेपालका विभिन्न हिमाली क्षेत्रमा घुम्दाका अनुभूति समेटेका छन्। उनी पर्यटन, साहित्य र सञ्चार माध्यमसँग सम्बद्ध सामाजिक अभियन्ता हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।