सोमबार, मंसिर २२, २०८२

'यसपालि त जसरी भए नि ट्रफी उचाल्ने हो'

इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको १०औं खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यो। घरेलु क्रिकेटमा पहिलो पटक विभागीय टिमलाई चार विकेटले हराएसँगै सुदूरपश्चिमको आत्मविश्वास निकै बलियो बनेको छ।
 |  शुक्रबार, माघ ६, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, माघ ६, २०७९

इटहरी- इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको १०औं खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यो। घरेलु क्रिकेटमा पहिलो पटक विभागीय टिमलाई चार विकेटले हराएसँगै सुदूरपश्चिमको आत्मविश्वास निकै बलियो बनेको छ। सायद त्यही आत्मविश्वासमा टेकेर हुनुपर्छ त्यो खेलमा तीन विकेट लिएकी कविता जोशीलाई लाग्छ उपाधि जित्ने यो नै उत्तम अवसर हो।

National life

‘हामीलाई उपाधि नै जित्छौं लागेको छ,’ सेमिफाइनल खेलको तयारी गर्दा बखत उनले भनिन्। के छन् त त्यसका लागि सुदूरपश्चिमका गुणस्तरहरू भन्ने प्रश्नमा डली भट्ट भन्छिन्, ‘हाम्रो टिममा हिटिङ राम्रो छ। ठूलो सट हान्न सक्ने क्षमता अरू टिमको भन्दा धेरैमाथि छ। त्यसैले उपाधि जित्ने सम्भावना छ।’

देशैभर जाडो मौसम चलिरहँदा इटहरीको बिएमसी स्कुल नजिकैको मैदानमा बिहान ओसले गर्दा बल राम्रोसँग बाउन्स हुँदैन। यद्यपि इटहरीको तातोले त्यो असर केही समय मात्रा रहन्छ। कहिले काहीँ आउटफिल्डले पनि धोका दिइरहेको हुन्छ। जेजस्ता अप्ठ्यारा आइलागे पनि सुदूर पूर्वबाट उपाधि जितेरै फर्किने सुदूरपश्चिमको लक्ष्य छ।

'पहिलो खेलपछि राम्रो ब्याटिङ गर्दै गएका छौं। अहिले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यौँ। हामीले राम्रो नै खेलेर जित निकालेको हो जस्तो लागेको छ। दुई दिन क्याम्पका बाबजुद हामीले वेस्ट दिएको जस्तो लागेको छ,’ कविताले भनिन्, ‘यो वर्ष हामीले उपाधि जित्ने लक्ष्य राखेका छौं।’

सुदूरपश्चिमसँग हार बेहोरेरै एपीएफलाई भने सेमिफाइनलमा तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी पर्‍यो। उसले फाइनल पुग्न प्रदेश १ को सामना गर्नु पर्ने भएको छ। त्यतिमात्र होइन अन्य क्लबको तुलनामा धेरै लगानी भएको एपीएफका लागि त्यो हार नै दुखद हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2023| 07:53 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।