धनगढी- प्रदेश ७ को राजधानी गोदावरी सार्ने प्रस्तावको बिरोधमा नेपाली कांग्रेसले धनगढी बन्द गरेको छ । अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी तोकिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले धनगढी बजार बन्द गराउदा जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण शैक्षिक संस्था तथा सवारी साधन पुर्ण रुपमा बन्द भएका छन् भने उद्योग कलकारखाना र बजार पनि ठप्प भएका छन् । बन्दकर्ताहरुले मोटरसाईकल रिक्सालगायत सबै सवारी साधन चल्न रोक लगाएका छन् ।
बन्दकर्ताहरु बजार परिक्रमागरी बन्द गराउदै हिडेका छन् । बन्दको अवज्ञा गरेर चलाउने सवारी साधनको चाबी थुतेर बीच सडकमै अलपत्र पारेका छन् ।
विशेष सुझाव समितिले प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिका– ४ तेघरी र नाम सुदूरपश्चिम प्रस्तावित गरेपछि त्यसको चर्को बिरोध भइरहेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद र सडक दुबै तताएको छ । प्रदेश ७ मा नेकपाको दुई तिहाई भएकाले उक्त प्रस्ताव स्वीकृत हुने संभावना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४