आइतबार, मंसिर २८, २०८२

अस्ट्रेलिया उड्दै नेपथ्य

‘नेपथ्य म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा २५ जनवरीमा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट थालनी हुनेछ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाका ६ वटा सहरमा सांगीतिक प्रस्तुति पस्किएको थियो। यस पटकको यात्रामा नेपथ्यले आठ सहरमा सांगीतिक कार्यक्रम गर्नेछ।

National life

‘मानवताका लागि संगीत’ नामक सांगीतिक अभियानमा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा सफलतापूर्वक सम्पन्न गरेको थियो। त्यतिबेला मुलुकभर सडक आश्रितको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए। 

‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि हाम्रा सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ को नारासहित शृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौं’, नेपथ्यका अगुवा अमृत गुरुङले भने।

‘नेपथ्य म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा २५ जनवरीमा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट  थालनी हुनेछ। त्यसपछि २८ जनवरीमा एडिलेडस्थित ‘हिन्डले म्युजिक हल’मा र ३१ जनवरीमा ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’ मा सम्पन्न भएसँगै चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ।

३ फेब्रुअरीमा त्यहाँस्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’मा ब्यान्डले प्रस्तुति दिनेछ। यसअघि पाँच पटक अस्ट्रेलियाको भ्रमण गरिसकेको ब्यान्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ।

Laxmi sunrise bank
kumari

पाँचौं कन्सर्टका लागि ब्यान्ड ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ। ५ फेब्रुअरीमा ब्यान्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ। त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकले भरिएको सहर सिड्नीको हुनेछ। अस्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्यान्डले १० फेब्रुअरीमा आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ।

सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ। उक्त राज्यको राजधानी मेलबर्नमा ब्यान्डले १३ फेब्रुअरीमा आफूलाई प्रस्तुत गर्नेछ। कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनोट गरिएको छ। सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेसन नजिकै रहेको छ।  

त्यसपछिको नेपथ्यको यात्रा अस्ट्रेलियाकै पुछारतर्फको हुनेछ। ऋस्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ। उक्त राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा १७ फेब्रुअरीमा नेपथ्यका लोकभाका घन्किनेछन्।

नेपथ्यको अस्ट्रेलिया यात्राका लागि ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० जनवरीमा प्रस्थान गर्दै छ।अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

प्रकाशित: Jan 18, 2023| 16:14 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।