काठमाडौं- संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार अन्त्य हुँदैछ। २३ वैशाखदेखि शुरु भएको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानून निर्माण र राष्ट्रिय महत्वका विषयमा सरकारलाई निर्देशन दिँदै बिहीबारदेखि अन्त्य हुन लागेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ। अधिवेशन अन्त्य हुन लागे पनि केही महत्वपूर्ण विधेयक अझै पारित हुन सकेनन्।
अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फर्छयोट, बीमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन्। यी विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा विचाराधीन छन्।
डा गोविन्द केसीले बुधबार मात्रै संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा विधेयकक पारित नभए पुनः अनशन बस्ने चेतावनी दिएका थिए। लामो समययदेखि चिकित्सा शिक्षा विधेयकका विषयमा डा केसीले आवाज उठाउँदै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४