शनिबार, मंसिर ६, २०८२

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचित

झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौंको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौंको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे।

National life

‘आतोओडा’को अर्थ हुन्छ गाउँवस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरुले बताए। गौरादहका सीमान्तकृत सन्थाल फूलमुनी, बुधिन, तुरसा, लुखीहरुको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ। 

सन्थाल समुदायका लक्खी हेमरमहरुले नागरिकता नपाएको कथा सुनाइन् लेखक जानुका खतिवडाले। ‘झापा विद्रोहमा साथ दिने सन्थालरुलाई आज पहिचान र अधिकारविहिन बनाइएको छ’, उनले भनिन्।

विन्दु शर्माले सन्थाल पात्रहरुको दुःखले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन्। ‘रोकिँदै रोकिँदै पढिरहेँ’, उनले भनिन्, ‘उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो आतोओडा। समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास।’

महेशविक्रम शाहले ‘आतोओडा’मा भुइँमान्छेका कथा लेखिएको बताए। ‘उपन्यासमा पुरुष पात्रभन्दा नारी पात्र सशक्त रुपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ। सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा आएको छ’, शाहले भने।

Laxmi sunrise bank
kumari

‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन्। झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिमा कहाँ छन् ? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरुलाई यो प्रश्न छ,’ नारायण ढकालले भने। 

किताब कलम प्रकाशनले प्रकाशित गरेको हो। उपन्यासको मूल्य ३३५ रुपैयाँ रहेको छ।

प्रकाशित: Jan 15, 2023| 11:01 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।