शुक्रबार, वैशाख ७, २०८१

नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

बाँकेको नेपालगञ्जमा दादुरा प्रकोप आउट ब्रेक भएसँगै नियन्त्रणका लागि नेपालगञ्जका वडा कार्यालयमा खोप केन्द्र राखेर केन्द्र, प्रदेश र उपमहानगरभित्रका करिब २०० स्वास्थ्यकर्मी परिचालित गरी बालबालिकालाई लगाउने गरी ३० हजार खोपको डोज प्रभावित क्षेत्रमा पुर्‍याइसकिएको छ।
 |  बिहीबार, पुस २८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, पुस २८, २०७९

काठमाडौं– बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण दैनिक बढिरहेको छ। हालसम्म ११५ बढीमा दादुरा संक्रमण भइसकेको छ भने एक जनाको मृत्यु भएको छ। संक्रमित भए पनि अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाा नभएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपभाइजर नरेश श्रेष्ठले जानकारी दिए। 

triton college

उनले भने, ‘दुई जना मात्रै अस्पतालमा भर्ना भएका छन्। उनीहरूको पनि अवस्था सुधारोन्मुख छ।’ हालसम नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा देखिएको हो। हाल ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको उनले बताए। ५२ जना बिरामी भने उपचारपछि निको भएका छन्। श्रेष्ठका अनुसार ५० प्रतिशत बालबालिका निको भइसकेका छन्। 

खोप केन्द्र सञ्चालन

दादुरा संक्रमण फैलिएपछि उपमहानगरले खोप अभियान सञ्चालन गरेको छ। २२ पुसदेखि नै खोप अभियान सञ्चालन भइरहेको छ। हालसम्म ४ हजार बढी बालबालिकालाई दादुुरा रुबेलाविरुद्दको खोप लगाइएको श्रेष्ठले जानकारी दिए। अहिले हाल १५ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउन थालिएको उनले बताए। नेपालगञ्ज उपमहानगरअन्तर्गत १, ४, ५, ७, ८, ११, १४ र १५ का ८ वटा वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइरहेको उनले बताए। 

कहाँ–कहाँ भइरहेका छन् खोप केन्द्र सञ्चालन? 
वडा–१ मस्जिद टोल मदरासा र रामजानकी मन्दिर

corrent noodles
Metro Mart

वडा–४ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, गणेशपुर र वडा कार्यालय देवाफूलबारी

वडा–५ आधारभूत स्वास्थ्य केन्द्र, डीएसपी रोड र साईबाबा मार्ग, आमा समूहको घर

वडा–७ आधारभूत स्वास्थ्य केन्द्र, गगनगञ्ज

वडा–८ आधारभूत स्वास्थ्य केन्द्र, महेन्द्रपार्क र एमपी स्कुल

वडा–११ आधारभूत स्वास्थ्य केन्द्र, नागटोल

वडा–१४ बाबु गाउँ र उधउपूर्व

वडा–१५ टपसरी मदरासा र जमुनिहा मदरसा

७० प्रतिशतको पूर्ण खोप छैन
नेपालगञ्जमा सबै बालबालिकाले पूर्ण खोप नलगाउँदा पनि दादुरा फैलिएको अनुमान गरिएको छ। कुल बिरामी ११० मध्ये ७० प्रतिशत अर्थात् ७७ जना बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पूरा नगरेको श्रेष्ठले बताए। त्यस्तै, ३० प्रतिशतले कुनै पनि खोप नलगाएको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। दादुरा रुबेलाविरुद्धको खोप सरकारले दिने नियमित खोप हो। पूर्ण रुपमा बालबालिकालाई खोप लगाउन नसक्दा दादुरा उन्मूलनको लक्ष्यमा चुनौती थपिएको दाहालले बताए।

दादुरा रुबेलाविरुद्धको खोप शिशु जन्मेको ९ र १५ महिना गरी दुई मात्रा लगाउनुपछ। यी बालबालिकाले १३ प्रकारका खोपमध्ये सबै खोप लगाएको तर दादुरा रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो। दादुरा खोपको दुई मात्रा पूरा गर्नुपर्ने हुन्छ।

बाँकेको नेपालगञ्जमा दादुरा प्रकोप आउट ब्रेक भएसँगै नियन्त्रणका लागि नेपालगञ्जका वडा कार्यालयमा खोप केन्द्र राखेर केन्द्र, प्रदेश र उपमहानगरभित्रका करिब २०० स्वास्थ्यकर्मी परिचालित गरी बालबालिकालाई लगाउने गरी ३० हजार खोपको डोज प्रभावित क्षेत्रमा पुर्‍याइसकिएको छ।

दाहालका अनुसार खोपको मात्रा पूरा नहुनु, जनचेतनाको कमी र कुपोषणका कारण पनि दादुरा फैलिएको हुन सक्छ। नेपालगञ्जमा किन र कसरी फैलियो भन्नेबारे अध्ययन भइरहेको दाहालले बताए। 

हाल उपमहानगरले दादुरा संक्रमण नियन्त्रणका संक्रमण फैलन नदिन विद्यालय बन्द गर्ने, खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोज्ने, माइकिड गर्ने, संक्रमित बालबालिकालाई आइसोलेटलगायत काम गरिरहेको उपमहानगरका जनस्वास्थ्य अधिकृत तेज ओलीले बताए। २०० बढी स्वास्थ्यकर्मी दादुरा नियन्त्रणका लागि परिचालन गरिएको छ। 

बुधबार मात्र ३ हजार २१३ जनालाई दादुरा रुबेलाको खोप लगाइएको छ। हालसम्म बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ७ हजार भन्दा माथि छ। स्टकमा थोरै खोप भएकाले थप खोप आवश्यक परेकाले ३० हजार डोज खोप बिहीबार बाँके पुग्ने श्रेष्ठले बताए। 

एक सातादेखि विद्यालय बन्द
दादुरा महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले थप दुई दिन विद्यालय बन्द गरेको छ। उपमहानगरले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय २८–२९ पुसम्म बन्द गरेको हो। उपमहानगरले सूचना जारी गर्दै नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने सम्भावना देखिएकाले उपमहानगरभित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा पूर्वनिर्धारित परीक्षाहरूलाई असर नगर्ने गरी २८ देखि २९ पुससम्म सार्वजनिक बिदा गरेको हो।

यसअघि आइतबारदेखि नै विद्यालय बन्द गरिएको छ।  बाल स्वास्थ्य तथा खोप शाखाले दुई सातासम्म विद्यालय बन्द गर्न सुझाए पनि उपमहानगरले एकै पटक दुई साता विद्यालय बन्द गर्ने निर्णय गरेको छैन।

प्रकाशित: Jan 12, 2023| 17:51 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्