बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय टिमका कप्तान र उपकप्तानको भिडन्त

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको टिमले फाइनलमा नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीको टिमको सामना गर्न लागेको हो।
 |  बुधबार, पुस २७, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, पुस २७, २०७९

काठमाडौं– रहस्यमय ढंगबाट गुज्रिरहेको नेपाल टी–२० लिगको फाइनल खेल आज बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुँदैछ। यो प्रतियोगितामामा धेरै अनौठा र टिठलाग्दा घटनाहरु भए। यद्यपि खेलाडीले खेल्ने अवसर भने पाएका छन्।

triton college

विरोधाभास, आलोचना र म्याच फिक्सिङको जारी अनुसन्धानबीच आज फाइनल खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किंग्सको सामना गर्दैछ। नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको टिमले फाइनलमा नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीको टिमको सामना गर्न लागेको हो। नेपाली फ्रेन्चाइज लिगमा यी दुवै कप्तान नयाँ हुन्। त्यसैले पनि आजको फाइनल नयाँ स्वादको हुनेछ।

रोहितको नजरमा लुम्बिनी निकै बलियो टिम हो। त्यहाँ उत्कृष्ट खेलाडी धेरै छन्। ‘प्रतियोगिताको लिग चरणमा नजिक गएर ऊसँग हारेको हो,’ रोहितले फाइनललाई लिएर भने, ‘हामी सबै उत्साही छौं। उपाधि जित्ने आशाका साथ नै खेल्नेछौं। टिमले लय समाएको छ र सबैमा आत्मविश्वास पनि छ।’

अल स्टार्ससँग दुई दिनको रेस्ट समय रह्यो। विराटनगरलाई त्यो नभएको कुरा दिपेन्द्रले पनि बुझेका छन्। दुई दिनको रेस्टले सामान्य थकान त पूरा भएकै छ। सामान्य चोट लागेका खेलाडीलाई पनि खेल्ने अवसर हुनेछ। त्यसैले फाइनल खेलमा ‘रिल्याक्स’ भएर खेल्ने तयारीमा अलस्टार्स रहेको छ।

विराटनगरलाई एउटा घाटा के छ भने उसले आज पनि खेल्दा लगातार तीन दिनमा तीन खेल खेल्नेछ। यता लुम्बिनीले भने पहिलो क्वालिफायरबाट खेलेको छैन र दुई दिनको आराम पाएको छ। ‘त्यो कुरा पनि हो। हामीलाई गाह्रो नै भयो। ग्याप भएको भए राम्रो हुने थियो,’ रोहितले भने।

अल स्टार्ससँग दुई दिनको रेस्ट समय रह्यो। विराटनगरलाई त्यो नभएको कुरा दिपेन्द्रले पनि बुझेका छन्। दुई दिनको रेस्टले सामान्य थकान त पूरा भएकै छ। सामान्य चोट लागेका खेलाडीलाई पनि खेल्ने अवसर हुनेछ। त्यसैले फाइनल खेलमा ‘रिल्याक्स’ भएर खेल्ने तयारीमा अलस्टार्स रहेको छ।

corrent noodles
Metro Mart

‘फाइनलमा रिल्याक्स भएर खेलौं। केही कुरामा ध्यान दिऔँ। एक एक खेलबाट गुज्रिएर फाइनल पुगेको हो। यसलाई पनि एउटा खेल नै सोचेर जाने हो,’ दिपेन्द्रले दुई दिनअघि भनेका थिए। उतिबेला तीन टिम फाइनलको तयारीमा थिए। उनले जुन टिम आए पनि स्वागत गर्ने बताएका थिए। हिजो मात्र विराटनगर फाइनल पुगेको छ। ‘जुनै आए पनि सामना गर्न तयार छौं,’ दिपेन्द्रले भनेका थिए। विदेशबाट आएका खेलाडीले श्रमस्वीकृति नपाएपछि लिग एक दिन धकेलिएको थियो।

केन्द्रमा रहने खेलाडी

राज नन्ननले प्रतियोगिताका नौ इनिङबाट १४ विकेट लिएका छन्। वेस्ट इन्डिजका यी बलरले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। दोस्रो क्वालिफायरमा त उनले १८ बलमा ३३ रन प्रहार गरेका थिए। यी अलराउन्डर फाइनलमा धेरै काम लाग्नेछन्। अर्का बलर नन्दन कुमार यादव पनि उत्कृष्ट बलर हुन्। जारी नेपाल टी२० लिगमा यी दुई धेरै विकेट लिने खेलाडीको लिस्टको तेस्रो र चौथो नम्बरमा छन्।

लुम्बिनीतर्फ पनि उस्तै उत्कृष्ट खेलाडी छन्। जारी लिगको धेरै रन ल्याउनेको पाँचौं नम्बरमा छन् लाहिरु मिलान्था। उनले ३०८ रन बनाइसकेका छन्। उनलाई नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले साथ दिनेछन्।

यता सूर्य तामाङले पनि बलिङमा उत्कृष्ट गरिरहेका छन्। जारी प्रतियोतिाको १० इनिङ खेलेर १० विकेट गिराएका किशोर महतो र छ खेलमा सहभागी बनेर ९ विकेट लिएका सागर ढकाल पनि विराटनगर विरुद्ध ठूलो चुनौति हुन सक्नेछन्।

ब्याटिङतर्फ नेपाली राष्ट्रिय टिमका विदेशी खेलाडी निकै राम्रा रहेका छन्। धेरै खेलेर त्रिविको पीच स्लो भएको नै किन नहोस्, विराटनगरका गौरवान्सू शर्मा, अर्जुन साउद, हुसैन तलात र राजले राम्रो गर्न सक्ने देखाइसकेका छन्। त्यसमाथि कप्तान रोहित पौडेल भरपर्दा खेलाडी हुन्। बाँकी ब्याटरले रोहितलाई साथ दिनेछन्।

यता, लुम्बिनीतर्फ पनि उस्तै उत्कृष्ट खेलाडी छन्। जारी लिगको धेरै रन ल्याउनेको पाँचौं नम्बरमा छन् लाहिरु मिलान्था। उनले ३०८ रन बनाइसकेका छन्। उनलाई नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले साथ दिनेछन्।

लुम्बिनीका ह्यारी ट्याक्ट चाहिँ घर फर्किसकेका छन्। बाँकी हरमित सिंह, लाहिरु, विपुल शर्मा र शाड्ली भानजस्ता  खेलाडी फाइनलका लागि उपलब्ध हुनेछन्। लुम्बिनीमा अहिलेसम्म खेलाडीको पारिश्रमिकसम्बन्धी कुनै अफवाह आएको छैन। दिपेन्द्रले नै सबै खेलाडीले पारिश्रमिक पाइसकेको र व्यवस्थापन राम्रो भएका कारण खेल्न प्रेरणा मिलेको बताएका छन्। यो कुराले पनि उसलाई फाइनल खेल्न सहयोग गर्नेछ।

प्रकाशित: Jan 11, 2023| 06:45 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।