शनिबार, वैशाख १५, २०८१

प्रत्येक वर्ष धकेलिँदै दादुरा निवारणको लक्ष्य

सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्यलाई वार्षिक क्यालेन्डर बनाएर पछ्याइँदै आए पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि लक्ष्य परपर सर्दै गएको छ। यसै सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुराका कारण हालसम्म नगरभित्र ८० बालबालिका संक्रमित भइसकेका छन्। त्यहाँका १० वटा वडामा दादुरा ‘नियन्त्रणबाहिर’ पुगिसकेको छ।
 |  सोमबार, पुस २५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, पुस २५, २०७९

काठमाडौं- सरकारले २०२३ सम्म दादुरा रुबेला रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ। तर नेपालगञ्जमा फैलिएको दादुराका कारण यो लक्ष्य पूरा गर्न थप चुनौती थपिएको छ। सरकारले नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमण दर बढ्न थालेपछि उन्मूलनको लक्ष्य सन् २०२३ मा सारिएको हो। दादुरा रुबेलाका बिरामी गत बर्षहरूमा पनि देखिएका थिए। विगतमा पनि जाजरकोट, धादिङमा दादुराका बिरामी भेटिएका थिए। दादुरा सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप लिन पनि सक्छ। बालबालिकामा दादुराको संक्रमण भए गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुन सक्छ।

triton college

प्रत्येक वर्ष सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्य रहे पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि निवारणको लक्ष्य धकेलिँदै गएको छ। यसै सातादेखि फैलिएको दादुराका कारण हालसम्म नेपालगञ्ज उपमहानगरमा ८० बालबालिका संक्रमित भइसकेका छन्। त्यहाँका १० वटा वडामा दादुरा ‘आउट ब्रेक’ भएको छ भने एक जनाको मृत्यु भएकोे परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। हालसम्म नेपालगञ्ज उपमहानगरका १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ र खजुराको वडा–२ मा १ जना गरी ८०  जनामा दादुरा देखिएको शाखा प्रमुख सागर दाहाल बताउँछन्। 

८० मध्ये २३ जना अर्थात २९ प्रतिशत बालबालिकाले दादुराको खोप नै लगाएका छैनन्। त्यस्तै, एक डोज मात्रै लगाउने बालबालिका ३३ जना छन् भने १२ जनाले खोप लगाए÷नलगाएबारे जानकार छैनन्। पूर्ण खोप लगाउने १२ जना छन्। दादुरा हुनेमा ५ महिना देखि ५६ वर्षका व्यक्ति पनि छन्। 

संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेसी समुदायका रहेको नेपालगञ्ज उपमहानगरका जनस्वास्थ्य अधिकृत तेज ओलीले बताए। स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरले दादुरा फैलिएको वडामा दादुराविरुद्धको खोप र भिटामिन ‘ए’को क्याप्सुल खुवाउने तथा नियन्त्रण अभियान सुरु गरेका छ। 

नेपालगञ्जमा दादुरा कसरी फैलियो भन्नेबारे अध्ययन भइरहेको दाहाल बताउँछन्। हालसम्म यही कारणले फैलियो भन्ने यकिन गर्न नसकिए पनि खोप नलगाएका बालबालिकाको संख्या ठूलो भएकाले फैलिएको अनुमान गर्न सकिने उनको भनाइ छ। 

corrent noodles
Metro Mart

नेपालगञ्जमा दादुराका शंकास्पद लक्षण भएका बालबालिकाको परीक्षण गर्दा ५ जनामा दादुरा पुष्टि भएको थियो। त्यसपछि संघीय सरकारको प्राविधिक सहयोगमा प्रदेश र स्थानीय सरकारले दादुरा नियन्त्रणका लागि काम गरिरहेको दाहालले जानकारी दिए। उनले भने, ‘दादुरा पुष्टि भएपछि हामीले कहाँ–कहाँसम्म फैलिएको रहेछ भन्ने खोज्ने काम गर्‍यौं। स्थानीय प्रशासन तथा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग गरेका छौं। साथै, विश्व स्वास्थ्य संगठन, युनिसेफको टोली पनि पुगेर काम गरिरहेको छ।’

खोप नलगाएका बालबालिकाको संख्या धेरै भेटिएपछि शनिबारदेखि प्रभावित स्थानमा दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन भएको छ। 

दाहालका अनुसार संक्रमण भएका स्थानमा प्रभावितलाई रोक्ने दुई–तीन तरिका छन्। सुरुमा केस पत्ता लगाउने, पत्ता लागेकालाई आइसोलेट गर्ने, उनीहरूलाई कुनै जटिलता नहोस् भनेर उपचारलाई व्यवस्थित गर्ने, फैलिन नदिन समुदायलाई सुसूचित गर्ने, भिटामिन ‘ए’ खुवाउने काम गरिएको छ। 

सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्यलाई वार्षिक क्यालेन्डर बनाएर पछ्याइँदै आए पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि लक्ष्य परपर सर्दै गएको छ। यसै सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुराका कारण हालसम्म नगरभित्र ८० बालबालिका संक्रमित भइसकेका छन्। त्यहाँका १० वटा वडामा दादुरा ‘नियन्त्रणबाहिर’ पुगिसकेको छ।

दादुरा रोग लागेपछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले भिटामिन ‘ए’ तत्काल दिनुपर्ने उनले बताए। नेपालगञ्ज क्षेत्रका विद्यालय बन्द गर्न उपमहानगर र स्वास्थ्य संस्थासँग छलफल गरी सुझाव दिइएको दाहालको भनाइ छ। दादुरा रोकथामका लागि कम्तीमा दुई साता विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको दाहालले जानकारी दिए। 

‘दादुरा संक्रामक रोग हो। दादुराको इन्क्युवेसन पिरियड हुन्छ। शरीरमा यसको भाइरस प्रवेश गरेपछि रोग देखापर्ने अवधि इक्युवेसन पिरियड हो। यो पिरियड ७ देखि १४ दिनको हुन्छ। त्यसैले संक्रमणलाई रोक्न दुई साता विद्यालय बन्द गर्न स्थानीय निकायलाई सुझाएका छौं। अब स्थानीय सरकारले निर्णय गर्नेछ,’ दाहालले भने। 

तर आउट ब्रेक भएपछि विस्तृत अध्ययन तथा विश्लेषण गर्नुपर्ने उनको धारणा छ। पहिलाको रणनीतिले नभएपछि रणनीति नै परिवर्तन गर्ने विषयमा पनि छलफल भइरहेको दाहालले बताए। ‘हामी पूर्ण खोप घोषणा गर्दै जाने तर केसहरू देखिनु राम्रो भएन।  त्यसका लागि हामीले काम गर्नुपर्ने देखियो। खोपको कभरेज पूर्ण नभएकाले पनि आउट ब्रेक भएको हो। खोप नलगाएको असुरक्षित समूह बढ्दा आउट ब्रेक हुने सम्भावना बढ्छ,’ दाहालले भने। 

नेपालगञ्ज पुगेको टोलीले गरेको रिपोर्टअनुसार अझै पनि खोप लगाउनुहुँदैन भन्ने धारणा त्यस ठाउँमा रहेकाले सचेतना आवश्यक देखिएको उनको अनुमान छ। त्यो समुदायमा सचेतनाका लागि धर्मगुरु, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित पक्षलाई सचेतनाका लागि आग्रह गरिएको उनले बताए। 

हालसम्म २ हजार बढीले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन्। यो लगाउनेमा ६ महिनादेखि १५ वर्ष समूहका बालबालिका छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएमध्ये दादुरा रुबेलाविरुद्धको खोप पनि एक हो। 

नेपालगञ्ज उपमहानगरले भने नियन्त्रणका लागि जनचेतनामूलक सन्देशसहितको माइकिङ गर्ने, दादुरा प्रभावित क्षेत्रमा बिरामीको खोज, उपचार तथा खोप अभियानको अनुगमन गर्न थालेको छ। उपमहानगरका फोकल पर्सन जागेश्वर बस्नेतका अनुसार हाल वडास्तरमा खोप परामर्श समिति, धर्मगुरु, बुद्धिजीवीलगायत सम्बन्धित पक्षसँग छलफल भएकोे छ।

आइतबारदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ। संघीय सरकारबाट चेन ब्रेक गर्न १४ दिन विद्यालय बन्द गर्नुपर्ने सुझाव आएको छ तर अझै स्थानीय सरकारले विद्यालय थप बन्द गर्ने वा नगर्ने भन्ने निर्णय गरेको छैन। ‘विद्यालय बन्द गर्दा खोप कार्यक्रम ढिला हुने र नगर्दा बालबालिकालाई विद्यालयमै खोप लगाउन पाइन्छ र खोप कार्यक्रम चाँडो हुन्छ। त्यसैले चेन ब्रेक गर्न १४ दिन विद्यालय बन्द गर्ने र भ्याक्सिन ढिला भए पनि हुन्छ कि भनेर विद्यालयमा बालबालिका बोलाएर चाँडो भ्याक्सिन दिने सम्बन्धमा छलफल भइरहेको छ,’ दाहालले भने। 

प्रकाशित: Jan 09, 2023| 17:33 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्