आइतबार, मंसिर २८, २०८२

छक्कापन्जा समूहबाट बाहिरएका जितुलाई 'ह्यारीकी प्यारी'को चुनौती

छक्कापन्जा चारको शुभ मुहुर्तमा उनी पुगेका पनि थिए। आफू छक्कापन्जा ४ मा नअटाएको बेला ह्यारीकी प्यारी चलचित्रमा व्यस्त हुन पाए। यस्तो बेला ह्यारीकी प्यारीले उनलाई थमथमाएको थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– छक्कापन्जाको समूहबाट एक्लिएका अभिनेता जितु नेपालको ह्यारीकी प्यारी फिल्म चुनौतीका रूपमा देखा परेको छ। ह्यारीको प्यारीमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अपोजिटमा जितु मुख्य भूमिकामा छन्।

National life

लामो समयदेखि दीपक–दीपाको टिमा बसेर काम गरेका उनी ह्यारीकी प्यारीमा एक्लो छन्। हास्य क्षेत्रमा स्थापित उनी ह्यारीकी प्यारी चलचित्रबाट नायक बनेका हुन्। जसमा उनको पुराना मित्र कोही दोहोरिएका छैनन्। 

आइतबार ह्यारीकी प्यारीको ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो भूमिका र छक्कापन्जाको टिमलाई सम्झिए उनले– ‘छक्कापञ्जामा मलाई दीपकजीले यस्तै रोल दिनुहुन्थ्यो। मैले नराख्दिनुस् न भन्थें तर गर्नुपर्थ्यो। यो फिल्ममा पनि यस्तै छ।’

छक्कापन्जा चारको शुभ मुहुर्तमा उनी पुगेका पनि थिए। आफू छक्कापन्जा ४ मा नअटाएको बेला ह्यारीकी प्यारी चलचित्रमा व्यस्त हुन पाए। यस्तो बेला ह्यारीकी प्यारीले उनलाई थमथमाएको थियो। 

दिपक–दिपाको समूहले छक्कापन्जालाई उठाएझैं जितुले ह्यारीकी प्यारीलाई माथि उठाउन सक्लान् त? सिंगो फिल्मलाई बोक्ने लिड एक्टरको रूपमा के दर्शकले उनलाई स्वीकार्लान्? यो प्रश्न जितुका लागि निकै महत्त्वपूर्ण देखिन्छ। ‘मलाई नै हिरोमा खेल्न अफर किन दिनुभयो त भनेर जब स्क्रीप्ट हेरें अनि केही त छ भन्ने लागेर यो फिल्म खेलेको हुँ, दर्शकलाई खुशी बनाउँछ’, उनले भने। 

Laxmi sunrise bank
kumari

लामो समयदेखि दिपक–दिपाको समूहमा काम गर्दै आएका जितु आफूले गर्ने भूमिका र पात्र छक्कापन्जाको जस्तै खोज्छन् कि भन्ने चिन्ता सुनाए। साथै ह्यारीकी प्यारीमा बलियो पात्रको भूमिका निर्वाह गर्न पाएकोले दर्शकले फिल्म मन पराउनेमा ढुक्क रहेको सुनाए उनले।

आफूलाई हिरो बनाएका कपिल रिजाललाई पनि उनले धन्यवाद दिए कार्यक्रममा। तर उनलाई ह्यारीकी प्यारी फिल्म चुनौती पनि हो। उनी स्टार रहेको ह्यारीकी प्यारीमा साम्राज्ञीको साथले कत्तिको साथ दिन्छ त्यो त माघ २० गते प्रदर्शनमा आएपछि नै थाहा हुनेछ। 

के उनले ह्यारी चरित्रको रूपमा आफूलाई स्थापित गर्लान्? ‘फिल्ममा मेरो पात्रको नाम हरिप्रसाद चौलागाईं हो तर काकाले मलाई ह्यारी भनेर बोलाउनुहुन्छ। दर्शकले पनि ह्यारीकै रूपमा लिनुहुन्छ भन्ने पक्का छ’, उनले भने। 

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरमा हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ। यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ। रिजालका पुत्र डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ।

मुन्द्रेको कमेडी क्लबको पुनरागमन
‘मुन्द्रेको कमेडी क्लब’ पनि ह्यारीकी प्यारी फिल्म प्रदर्शनको आसपास आउन थालेको छ। टीभी सिरियलबाट मुन्द्रेको रूपमा स्थापित भएका जितुले आफ्नो हास्य भूमिकाबाट दर्शकको मन जितेका थिए। त्यसैले त उनले मुन्द्रेको कमेडी क्लब नामक टीभी कार्यक्रमबाट थप उचाइ कमाएका थिए। त्यसैले जितु ह्यारीका प्यारीसँगै मुन्द्रेको कमेडी क्लबका कारण पनि चर्चामा छन्। 

कोरोना महामारीपछि मुन्द्रेको कमेडी क्लब प्रशारण रोकिएको थियो। अहिले उनी सोही कार्यक्रमको नयाँ संस्करण ल्याउँदैछन्। जसमा अभिनेत्री प्रियंका कार्की अध्यक्षको भूमिकामा देखिने भएकी छन्। यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। यही माघ महिनाबाट प्रशारण हुन लागेको मुन्द्रेको कमेडी क्लब जितुलाई थप हौस्याएको छ। 



प्रकाशित: Jan 09, 2023| 17:48 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।