आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकार एमाले र माओवादीले आधा-आधा चलाउने, अन्य प्रदेशमा कस्तो छ अंकगणित?

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ सरकार एमाले र माओवादीले आधा-आधा चलाउने, अन्य प्रदेशमा कस्तो छ अंकगणित?

प्रदेश १ मा सरकार गठनको समय सकिएर मुख्यमन्त्री नियुक्त भइसक्दा अन्य प्रदेशमा भने प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको तर कुनै पनि दलले दाबी पेश गरिनसकेको अवस्था छ।
 |  आइतबार, पुस २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

triton college

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको छ।

माओवादीले पनि प्रदेश १ को मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेपछि आज अन्तिम दिनसम्म पनि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन। आजमात्रै एमाले र माओवादी केन्द्रबीच प्रदेश १ मा आधा-आधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति जुटेको थियो। प्रधाानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति जुटेको हो।
सहमतिअनुसार पहिले मुख्यमन्त्री एमालेले चलाउने छ भने अर्को आधा कार्यकाल माओवादी इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्नेछन्। सभामुख माओवादीले पाउने सहमति भएको छ।

अन्य  प्रदेशमा कस्तो छ अवस्था ?
प्रदेश १  मा सरकार गठनको समय सकिएर दाबी पेश भएकोमा अन्य प्रदेशमा भने प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको तर कुनै पनि दलले दाबी पेश गरिनसकेको अवस्था छ।

प्रदेश १
९३ प्रदेशसभा सदस्य रहने प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक प्रदेशसभा सदस्य छन्। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ। प्रदेश १ सभामा सबैभन्दा ठूलो दल एमालेले शुक्रबारसम्म सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ। प्रदेश १ मा पनि गठबन्धन दलकै बहुमत रहेकाले कांग्रेस सत्ताबाहिरै रहने देखिन्छ। 

मधेस प्रदेश
१०७ सदस्य रहने मधेस प्रदेशसभामा गत निर्वाचनबाट २३ सांसदसहित नेकपा एमाले पहिलो दल बनेको छ। २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो स्थानमा छ। यस्तै, १३ सांसदसहित सीके राउत नेतृत्वको जनमत पार्टी चौथो दल बनेका छन्।

Metro Mart
vianet

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। पछिल्लो निर्वाचनमा मधेस प्रदेशसभामा पाँच स्वतन्त्र सांसद चुनिएका छन्। मधेस प्रदेशमा पनि सात दलीय गठबन्धनको सरकार बन्न सक्छ। तर गठबन्धनभित्रै पहिले आफूले मुख्यमन्त्री पाउनुपर्ने भन्नेमा विमति रहेको छ।

बागमती प्रदेश
११० सांसद रहने बागमती प्रदेशसभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। दोस्रोमा एमाले २७ र तेस्रोमा माओवादी केन्द्रले २१ सिट जितेको छ। यहाँ पनि एमाले र माओवादी मिलेपछि सरकार गठन हुने र कांग्रेस प्रतिपक्ष बस्नुपर्ने अवस्था छ। बागमती प्रदेश प्रमुखले २७ पुसमा सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन्। 

गण्डकी प्रदेश
६० सदस्य रहने गण्डकी प्रदेशसभामा ४ मंसिरको निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी कांग्रेस बनेको छ। गण्डकी प्रदेशसभामा २७ कांग्रेस, २२ एमाले, ८ माओवादी, २ राप्रपा र १ सिट एकीकृत समाजवादीले जितेका छन्। यहाँ पनि एमाले र माओवादी मिलेपछि सरकार गठन स्वतः हुनेछ।

लुम्बिनी प्रदेशसभा
८७ सदस्य रहने लुम्बिनी प्रदेशसभा निर्वाचनमा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ। माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्। अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेशसभाका दलको संख्या १० पुगेको छ। लुम्बिनी प्रदेश प्रमुखले पनि आगामी २७ पुसमा सरकार गठनका लागि आह्वान गरेका छन्। यो प्रदेशमा पनि केन्द्रमा जस्तै कांग्रेसको हातमा मुख्यमन्त्री हुने छैन।

कर्णाली प्रदेश
४० सदस्य संख्या रहेको कर्णाली प्रदेशसभा निर्वाचनमा कांग्रेसले १४ सिटमा जित हात पारेको छ। माओवादी केन्द्रको १३ सिट छ। एमालेले १० सिट जितेको यो यो प्रदेशमा एक जना स्वतन्त्र सांसद छन्। कर्णाली प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने देखिन्छ। कर्णाली प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरिसकेका छन्। 

सुदूरपश्चिम प्रदेशसभा
५३ सदस्य रहने सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। गत निर्वाचनमा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। दोस्रो माओवादी केन्द्र ११, तेस्रो नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद चुनिएका छन्। यो प्रदेशमा कांग्रेस ठूलो दल भए पनि वर्तमान सरकारमा आबद्ध सात दलीय गठबन्धनमध्ये एउटा पार्टीले मुख्यमन्त्री पाउनेछन्। कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेछ।

सात वटै प्रदेशसभामा निर्वाचित कांग्रेस, एमाले, माओवादीलगायतका दलले आ–आफ्ना पार्टीबाट संसदीय दलको नेता छनोट गरिसकेका छन्। पार्टीले संसदीय नेता चुनेका व्यक्तिले नै सम्बन्धित प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित: Jan 08, 2023| 17:16 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।