बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहदानी लिनेको भीड– न समयमा काम न स्वास्थ्य मापदण्ड पालना

राहदानी लिनेको भीड– न समयमा काम न स्वास्थ्य मापदण्ड पालना

नियम बनाउनेले पालना नगरेपछि महामारी थप फैलन चिन्ता उनले व्यक्त गरे। उनले भने, ‘सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि हामी भीडमा बसेर राहदानी लिन बाध्य छौं।’
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– ‘नारायणहिटी दरबारमा रहेको राहदानी विभाग, सफासुग्घर कार्यालय  परिसर, सेवाग्राहीका समस्या तत्काल सम्बोधन गरिदिने कर्मचारी र कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पूर्ण पालना’, यस्तै सोचेर विभाग पुगेका थिए देवदहका दिलबहादुर गुरुङ।

जब उनी मंगलबार राहदानी विभागको परिसर पुगे अन्य सरकारी कार्यालय जस्तै अव्यस्थित र सेवा प्रवाहमा ढिलासुस्ती देखेपछि सोचाइ कल्पनामै सीमित भयो। अर्को कुरा कोरोना महामारी संक्रमण जोखिम पनि उत्तिकै देखे उनले त्यहाँ। छोरीको राहदानी बनाउन आएका उनले भने, ‘आफैंले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको रहेछ।’ 

नियम बनाउनेले पालना नगरेपछि महामारी थप फैलन चिन्ता उनले व्यक्त गरे। उनले भने, ‘सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि हामी भीडमा बसेर राहदानी लिन बाध्य छौं।’ 

उनी मात्र होइन, मंगलबार बिहानैदेखि विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको गुनासो गरेका छन्। गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन  सरकारसँग माग गरेका छन्। 

धनुषाबाट आएका धीरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे। उनले पनि कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको बताए। उनले भने, ‘सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले हामी अलमलमा छौं।’

राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए। उनले भने, ‘कोरोनाको जोखिम मोलेर पनि राहदानी लिन भीडमा बस्न बाध्य छौं।’ 

सरकारले भौतिक दुरीको कुरा गरे पनि सेवा लिने बेलामा भीडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ। उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्।


प्रकाशित: Aug 10, 2021| 16:02 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।