शुक्रबार, फागुन २९, २०८२

कोभिडविरुद्धको अतिरिक्त मात्राका लागि खोप ल्याइँदै

‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स गाभी’ले १५ लाख मात्रा खोप दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– यही माघ १९ गते कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ। ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स गाभी’ले १५ लाख मात्रा खोप दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो।

सरकारले पुस १४ गते बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो। दाहालका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ।

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ।

प्रकाशित: Jan 05, 2023| 13:15 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्