सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
गत असार ३२ गते कांग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो।
केन्द्रको राजनीतिक समीकरण फेरिएसँगै गत असार ३१ गते कांग्रेसका चारैजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। एमालेले पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नगरेको आरोप लगाउँदै कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अगाडि बढाएको थियो। स्मरण रहोस्, कँडेल २०८० साल चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।