शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिग खेल्नका लागि १० क्लबले पाए तयारी खर्च, तीन क्लब अझै दर्ता भएनन्

लिग खेल्नका लागि १० क्लबले पाए तयारी खर्च, तीन क्लब अझै दर्ता भएनन्

ए डिभिजन खेल्नका लागि दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्तासमेत दिएको एन्फाले जानकारी दिएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं – आगामी शहीद स्मारक ‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म १४ शीर्ष तहका ११ क्लबले प्रवेश फारम बुझाएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।  ए डिभिजन खेल्नका लागि दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्तासमेत दिएको एन्फाले जानकारी दिएको हो।

Kumaribank

एन्फाले दिएको पहिलो किस्ताको तयारी खर्च लिनेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम भरेका छन्।

नेपाल पुलिस क्लब बाहेक सबैले तयारी रकमको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ प्राप्त गरेका छन्। एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार दिने सहमति भएको छ। यो रकम पहिले उपलब्ध गराइएको रकमबाट १० लाख रुपैयाँले बढेको हो। एन्फाले दिने पहिलेको बाँकी सात लाख रुपैयाँका साथै यसअघि दिँदै आएको १५ लाखबाट १० लाख थप गरि क्लबहरुलाई ३२ लाख तयारी खर्च दिने भएको हो।

तर लिगका लागि क्लब दर्ता गर्न एक दिन बाँकी रहँदा पनि तीन क्लबले अझै दर्ता गरेका छैनन्। दर्ता नगर्नेमा मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब र बी डिभिजनबाट बढुवा भएको खुमलटार क्लब रहेका छन्। फागुन १८ गतेबाट सुरु हुने लिगको लागि एन्फाले क्लब दर्ताका लागि जनवरी छ तारिखसम्मको समयसीमा तोकेको छ।

यसअघि एन्फाले तयारी खर्च नदिएपछि क्लबहरुले लिग खेल्नै अस्विकार गरेका थिए। जसकारण पटक पटक लिग सर्दै आइरहेको छ। यसैबीच मोफसलमा आहा रारा पोखरा गोल्डकप भने भइरहेको छ। यता लिग नजिकिँदै गएपछि विभिन्न क्लबहरुखेलाडीहरुको अनुबन्धलाई भने अघि बढाएका छन्।

Metro Mart

प्रकाशित: Jan 05, 2023| 12:54 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।