बुधबार, असार १७, २०८३

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

 |  बुधबार, असार १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम हुँदैछ। 

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बिहानको समयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ। यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो। 

महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन्।

प्रकाशित: Jul 01, 2026| 11:17 बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्