बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्णिमलाई हटाउन सुझाव दिंदै गोकुल बास्कोटाले भने- किक आउट हिम, पिएम

स्वर्णिमलाई हटाउन सुझाव दिंदै गोकुल बास्कोटाले भने- किक आउट हिम, पिएम

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले डा. वाग्लेलाई बेपर्वाह नव लेण्डुपको संज्ञा दिदै पदबाट हटाउन सुझाव दिएका हुन्।

उनले भनेका छन्- न राष्ट्र संघ न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग। तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलको सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम, पिएम।

हालै भारत भ्रमणका क्रममा डा. वाग्लेले भारतको विरोध गरेर मात्रै राष्ट्रवादी देखिने युग सकिएको भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित: Oct 28, 2026| 11:37 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्