आइतबार, साउन १८, २०८२

प्रचण्ड सरकार गठनपछि पहिलो पटक बोल्दै कांग्रेस

प्रचण्ड ओली क्याम्पमा पुगेर सात दलीय गठबन्धन निर्माण गरी सरकारको नेतृत्वमा छन्। माओवादी एमालेतिर गएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

काठमाडौं– प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि गठबन्धन टुटेर सत्ता विमुख हुन पुगेको प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गठन, समसामयिक राजनीतिलगायत विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै छ। बुधबार पार्टी मुख्यालय सानेपामा अपराह्न ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिन लागेको प्रवक्ता प्रकाशरण महतले बताएका हुन्।

कांग्रेस गत ४ मंसिरको निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत ५ दलसँग मिलेर चुनावमा होमिएको थियो। निर्वाचनपछि कुनै पनि दलको बहुमत आउन सकेन। त्यसबेला गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केप ओलीसँग मिलेर सरकार गठन गरिसकेका छन्। प्रचण्ड ओली क्याम्पमा पुगेर सात दलीय गठबन्धन निर्माण गरी सरकारको नेतृत्वमा छन्।

माओवादी एमालेतिर गएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ। प्रवक्ता महतका अनुसार पत्रकार सम्मेलनमा गत निर्वाचनमा परिचालित तथा प्रचार–प्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता, शुभेच्छुकलगायतलाई धन्यवाद दिइनेछ।

पाँच दलीय गठबन्धन पार्टी सभापति शेरबहादुर देउवाकै कारण पतन भएको बताउँदै कांग्रेसभित्र विरोधका स्वर सुनिँदै आएका छन्। कांग्रेसले आगामी २२ पुसमा पनि चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वान गरिसकेको छ।

प्रतिनिधिसभामा कांग्रेसले ८९ सिट जितेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये  ९१ मा पार्टीबाट उम्मेदवारी दिएको थियो भने तत्कालीन नेकपा माओवादी, नेकपा एसलगायत गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई समर्थन गरेको थियो।

प्रकाशित: Jan 04, 2023| 11:24 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...