मंगलबार, असोज १३, २०८३

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 

आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेत गराउनुभयो। उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे। 

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए। उनले भने, ‘बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ। आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ।’ पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने र विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको उनको भनाइ थियो। 


प्रकाशित: Jan 03, 2023| 21:50 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...