शुक्रबार, चैत २९, २०८१

बालबालिकामा कभरेज बढाउन विद्यालय हातामै पुर्‍याइँदै खोप अभियान

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक छ।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, पुस २०, २०७९

vianetvianet

काठमाडौं– बालबालिकालाई लगाइने नियमित खोपको ‘कभरेज’ कम भएपछि सरकारले विद्यालयस्तरमा नै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। सरकारले बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनषटंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेलालगायत १३ प्रकारका रोगबाट बचाउन नियमित खोप लगाउँदै आएको छ।

triton college

यी खोप बच्चा जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्ने हुन्छ। पहिले खोप लगाउन छुटेका बच्चाले दुई वर्षसम्म खोप लगाउन मिल्ने प्रावधान थियो तर अहिले यो उमेर पाँच वर्षसम्म पुर्‍याइएको छ। यद्यपि बालबालिका छुटिरहेका छन्।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले १५ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने खोप ४ प्रतिशत नलगाएको देखाएको छ। सरकारले हरेक वर्ष एक वर्षमुनिका ५ लाख ३८ हजार बालबालिकालाई खोप लगाउँदै आएको छ। सोहीअनुसार करिब २१ हजार ५२० बालबालिकाले खोप लगाउन पाएका छैनन्। 

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको परिवार कल्याण महाशखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक छ। 

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक छ। 

सन् २०१६ को यही सर्वेक्षणमा १ प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप लगाएका थिएनन्। त्यस्तै, सन् २०११ मा ३ प्रतिशत, सन् २००६ मा ३ प्रतिशत, सन् २००१ मा १ प्रतिशत र १९९६ मा २० प्रतिशतले कुनै पनि खोप लगाएका थिएनन्। तर विगत ५ वर्षको तथ्यांकअनुसार ४ प्रतिशत बालबालिकाले खोप लगाएका छैनन्। सर्वेक्षणले सन् १९९६ पछि नेपालमा बालबालिकालाई लगाइने खोपको कभरेज गत पाँच वर्षमा सबैभन्दा धेरै घटेको देखाएको हो। 

National life insurance

बालबालिकाको खोप कभरेज घटेपछि सरकारले स्कुल तहबाटै कार्यक्रम गर्न लागको हो। महाशाखाका खोप शाखा प्रमुख सागर दाहाल भन्छन्, ‘२ देखि ४ वर्षमा बालबालिका विद्यालय भर्ना हुने गरका छन्। उनीहरू विद्यालयमा भर्ना हुन आउँदा जन्मदर्तासँगै खोपकार्ड पनि माग्ने र खोप लगाए-नलगाएबारे जानकारी लिइनेछ।’

बालबालिकालाई १५ महिनासम्म सबै खोप लगाइसक्नुपर्ने हुन्छ। तर सबै बालबालिकाले खोप नलगाउन हुनाले र खोपको प्रभावकारिता कम भएपनि ५ वर्षसम्म लगाउन सकिने भएकाले विद्यालयबाट कार्यक्रम गर्न लागिएको दाहालले बताए। 

किन खोप कभरेज कम भयो? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल विगत तीन वर्षमा कोभिड महामारीका कारण लामो समय लकडाउन हुँदा बालबालिकामा लगाइने खोपको कभरेज कम भएको बताउँछन्। त्यसैले अब खोपको कभरेजलाई बढाउनुपर्ने उनको सुझाव छ। 

त्यस्तै, महाशाखा प्रमुख दाहाल खोपको मात्रा पूरा गर्ने बालबालिकाको संख्या धेरै भए पनि नलगाउनेको संख्या बढी भएको बताउँछन्। ‘लामो समय लकडाउन भएकाले त्यो समय खोप सेवा केही अवरुद्ध भएको थियो। खोप लगाउनेको संख्या बढी हुनु सकारात्मक हो। तर ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाउन नपाउनु दुःखद हो। त्यसैले यसलाई कम गराउन विद्यालय स्तरबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। अर्को कुरा, तल्लो स्तरमा कहाँ समस्या छ भनी पहिचान गरी उक्त स्थानमा कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौं,’ दाहालले भने।

यसका लागि संघीय सरकारले आवश्यक स्रोत–साधन उपलब्ध गराउने, विभिन्न रणनीतिक काम गर्नुका साथै प्रदेश तथा स्थानीय तहले खोपको कभरेज कहाँ कम भएको छ, कहाँ, कस्ता जोखिम छन्, आदि विषय पहिचान गरी कार्य गर्नुपर्ने उनको धारणा छ। स्थानीय सरकारको सहयोगबाटै खोप कार्यक्रम प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ। 

प्रकाशित: Jan 04, 2023| 10:10 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्