काठमाडौं– प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले पद तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राई र आलेलाई सपथ गराएका हुन्।
गत ७ पुसमा भएको सपथ कार्यक्रममा राई र आले अनुपस्थित थिए। राई सुत्केरी भएर अस्पतालमा थिइन् भने आले आमाको निधन भएकाले सपथका लागि उपस्थित हुन सकेका थिएनन्। राईलाई कांग्रेसको समानुपातिक र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन्।