शुक्रबार, साउन १६, २०८२

बागमतीमा सरकार नबन्दै सभामुख र उपसभामुखको निर्वाचन

सोमबार बसेको सर्वदलीय बैठकले बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको हो।
 |  सोमबार, पुस १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

vianetvianet

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ। सोमबार बसेको सर्वदलीय बैठकले बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको हो। 

प्रदेशसभाको पहिले अधिवेशन सोमबार दिँउसो १ बजे बोलाइएको छ। दिउँसो १ बजे बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ। 

प्रदेशसभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राखिरहेका छन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन्। निर्वाचनबाट नयाँ संसद् आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन्।

प्रकाशित: Jan 02, 2023| 15:23 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...