शुक्रबार, साउन १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताए।
 |  सोमबार, पुस १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताए। उनले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो।

उनले भने, ‘हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ। नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ। हामीले ठिक गरेका छौँ। दृढताका साथ उभिएका छौँ। हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ।’

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

उनले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए। आजदेखि सुरु भएको बैठकमा चुनावको समीक्षा, पार्टीको भावि नीति र कार्यक्रमबारे छलफल हुने नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ। 

प्रकाशित: Jan 02, 2023| 15:08 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...