सोमबार, जेठ ४, २०८३

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ। बैठक भोलि मंगलबारसम्म चल्ने छ ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ। बैठक भोलि मंगलबारसम्म चल्ने छ।  

National life

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। 

दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।  

ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा विहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आन्तरिक विषयमा समेत छलफल हुनेछ। यसअघि कार्यकारिणी समितिले सरकारमा सहभागीताका विषयमा पनि राजनीतिक समितिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रकाशित: Jan 02, 2023| 06:41 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...