शनिबार, कात्तिक २९, २०८२

ऋतिकलाई फिल्म 'विक्रम बेधा'को पछुतो

फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए। जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

मुम्बई- बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो। दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो। फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन्।

National life

‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो। यो असफल हुँदा यसले म भित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला। तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन्। यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन्।’

फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए। जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए। ‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन्। अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ। यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन्। महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो।


प्रकाशित: Dec 31, 2022| 22:30 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।