बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन निषेध

अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन निषेध

'अत्यावश्यक बाहेकका निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ,' काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा अत्यावश्यक कामबाहेक बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मंगलबार यस्तो निर्णय गरेको हो। 

'अत्यावश्यक बाहेकका निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ,' काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।

औषधि पसलबाहेकका सबै पसल तथा व्यवसाय बेलुका ७ बजेपछि सञ्चालन गर्न नपाइने समेत प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।

अनलाइन अर्डर, रेस्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डर सेवा उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा बढीलाई एकै कोठामा राख्न नपाइनेसमेत आदेशमा उल्लेख गरिएको छ। 

यो व्यवस्था साउन २८ गतेबाट भदौ ८ गतेसम्म लागू हुनेछ। 

प्रकाशित: Aug 10, 2021| 15:18 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।