बिहीबार, साउन १५, २०८२

पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : कांग्रेस नेता खाण

४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन्।
 |  शनिबार, पुस १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

vianetvianet

बुटवल- पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन्। तर उनले को को परिचालित थिए भनेर खुलाएनन्।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन्।

आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले  कुनै टिप्पणी नगर्ने खाणले बताए। 'गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,' उनले भने। 

उनले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए। 'राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन। तर कसरी कांग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,' उनले भने।

उनले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे। कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए। 

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताए। 

प्रकाशित: Dec 31, 2022| 16:47 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...