आइतबार, मंसिर २८, २०८२

महेश बाबुलाई लिएर फिल्म बनाउँदै एसएस राजामौली

‘आरआरआर’को सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन्। नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

National life
Laxmi sunrise bank
kumari

मुम्बई- ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन्। ‘आरआरआर’को सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन्। नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ।

फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन्। राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन्। यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन्।

‘हो यो फिल्मको सिक्वेल पनि आउनेछ। सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन्। हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं’, उनले भनेका छन्। नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ। 

प्रकाशित: Jan 01, 2023| 05:00 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।