सोमबार, वैशाख २८, २०८३

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ। त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो। 

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। 

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।  

प्रकाशित: Dec 31, 2022| 19:00 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्