बुधबार, साउन १४, २०८२

शशाङ्कले भने- रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन्।

'पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,' उनले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए। उनले भने, 'ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।'

 कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित: Dec 30, 2022| 20:23 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...