शनिबार, चैत ११, २०७९

चार वर्षपछि कमब्याक गरेका शाहरुखको 'पठान'ले कस्तो गर्ला व्यापार?

नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात् जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ। चार वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

मुम्बई– सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो। यो फिल्म बक्स अफिसमा फ्लप नै भयो। नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात् जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ। चार वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ।

National life insurance

दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्मको गीत रिलिज हुनासाथ विवादमा तानिएको छ। जसको चर्चा अहिले पनि बलिउडमा छ। तर, विवादका बाबजुद पनि यो फिल्मप्रति दर्शकको क्रेज घटेको छैन। यो फिल्मको भारत बाहिर बुकिङ आक्रामक छ।

जर्मनीमा फिल्मको बुकिङ २८ डिसेम्बरबाट सुरु भएको थियो। एक महिना अघिबाट नै बुकिङ खुलेपछि केही समयमा नै सबै टिकट बिकिसकेको छ। ‘पठान’को टिकट आक्रामक रुपमा बुकिङ भएपछि यो प्रतिक्षित फिल्म हो भन्ने प्रमाणित भएको छ।

जर्मनीको बर्लिन, एसेन, डेमटोर, हार्बर्ग, हनोवर, म्युनिख र अफेनबैकमा भएका थिएटरमा जनवरी २५ का लागि ‘पठान’को शो करिब करिब भरिएको छ। भारतमा जनवरीको पहिलो साताबाट बुकिङ खुल्दैछ। सिद्धार्थ आनन्दको फिल्ममा भीएफएक्स र एक्सनको जबरदस्त संयोजन छ। फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ।

प्रकाशित: Dec 30, 2022| 05:21. 36 शुक्रबार, पुस १५, २०७९

थप समाचार

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ। 

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।