शुक्रबार, साउन १, २०८३

विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ।

सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो। 

आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए। 

नाट्टा अध्यक्ष सिएन पाण्डेले उक्त दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घ संस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताए। 'सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्नेछ', उनले भने।
 
सोही अवसरमा भोलि आइतबार नाट्टाको केन्द्रीय कार्यालय नक्सालमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।