सोमबार, जेठ ७, २०८१

यू-२३ भलिबल: जितविहीन भए पनि उच्च प्रदर्शन

प्रतियोगितामा तीन टिमसँग पाँच खेल खेलेको नेपालले कुनै पनि खेल जित्न सकेन। पदक जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली टिम पदकविहीन स्वदेश फर्किन बाध्य भयो।
 |  मंगलबार, पुस १२, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, पुस १२, २०७९

काठमाडौं- पहिलोपटक बंगलादेशमा भएको  बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किसकेको छ। सेन्ट्रल जोन भलिबल संघ (काभा)ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा नेपालसहित श्रीलंका, कीर्गिस्तान र आयोजक बंगलादेशको सहभागिता रहेको थियो। 

triton college

प्रतियोगितामा तीन टिमसँग पाँच खेल खेलेको नेपालले कुनै पनि खेल जित्न सकेन। पदक जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली टिम पदकविहीन स्वदेश फर्किन बाध्य भयो। पदकविहीन भए पनि नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट पहिलो प्रतियोगितामा उपाधि जित्ने भन्दा पनि अनुभव बटुल्ने कुरा महत्तवपूर्ण रहेको बताउँछन्। ‘इतिहासमै  पहिलो पटक आयोजना भएको यो प्रतियोगिता हाम्रा लागि सम्झनलायक बन्यो। यसरी विभिन्न उमेर समूहका खेलहरु  हुनु भनेको देशको खेलकुद विकासका लागि एउटा महत्वपूर्ण खुट्किला हो। पहिलो प्रतियोगितामा हामी उपाधि जित्नेभन्दा पनि विभिन्न अनुभवहरु बटुल्ने कुरामा थियौं।’

नेपाली यू-२३ टिमका कप्तान धिरज बस्नेत आफ्नो टिम उत्कृष्ट रहेको तर कम अनुभव भएका कारण पराजित भएको बताउँछन्। भन्छन्, ‘बंगलादेश जाने हाम्रो टिम एकदमै उत्कृष्ट टिम थियो। हामीले उच्च प्रदर्शन पनि गर्न सफल भयौं। हामी टिमको प्रदर्शनमा खुशी छौं। तर यसअघि यो टिमले कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेका कारण अनुभवको अभावका कारण पराजित भयौं।’ साथै कप्तान बस्नेत यस प्रतियोगिताले टिमको स्तर पनि धेरै माथि आएको र पहिलोपटकको सहभागितामै यतिको प्रदर्शनले सबैको मनोबल उच्च भएको पनि बताउँछन्। बस्नेत भन्छन्, ‘बंगलादेशको प्रतियोगिताले हामीलाई आगामी दिनमा धेरै मद्दत गर्नेछ। हाम्रो टिमको खेल स्तर पनि धेरै माथि आएको छ। टिमका खेलाडीले यसअघि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्। पहिलो सहभागितामै यतिको उच्च प्रदर्शनले भोलिको दिनका लागि हौसला पनि बढेको छ। हाम्रो प्रदर्शनलाई सम्पूर्ण नेपालीहरुले माया र साथ दिनुभएको छ। जसले गर्दा हामी अझै धेरै खुशी छौं। यही टिमले एकदिन देशका लागि पदक जितेर ल्याउनेछौं।’

कप्तान धिरज बस्नेत
प्रतियोगितामा नेपालले पहिलो खेलमा बलियो टोली तथा आयोजक बांग्लादेशविरुद्ध खेलेको थियो। राम्रो प्रदर्शनका बाबजुद पनि पहिलो खेल नेपालले जित्न सकेन। बंगलादेशविरुद्ध पहिलो सेट २६-२४ को प्रतिस्पर्धात्मक अंकका साथ गुमाएको नेपाली टोलीले दोस्रो सेट पनि २५-२२ को प्रतिस्पर्धात्मक अंकमा गुमाउन पुग्यो। त्यसपछि केही फितलो बनेको नेपालले अन्तिम सेट २५-२१ ले गुमायो र विजयी सुरुवात गर्नबाट चुक्यो। त्यस्तै दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलको पहिलो सेट नेपालले २६–२४ ले गुमायो। पहिलो सेटमा नेपालले निकै उत्कृष्ट प्रतिस्पर्धा गरे पनि सेट आफ्नो हातमा पार्न चाहिँ सकेन। तर दोस्रो सेटमा नेपाल  २५-१८ ले पछि पर्यो। त्यस्तै, तेस्रो सेट भने नेपालले २५–१७ ले गुमायो र लगातार दोस्रो पराजय व्यहोर्न बाध्य भयो।

तेस्रो तथा लिग चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटमा पराजय भयो र लिगका सबै खेलमा जितविहीन बन्ने टिम बन्यो। शहिद सुहरावर्दी इनडोर स्टेडियमममा पहिलो सेट २५–१६ ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकालेको थियो। त्यसपछि नेपालले तेस्रो सेट २५–१७ ले गुमाउन पुग्यो। त्यसपछि नेपालले चौथो सेट २५–१९ मा फेरि पुनरागमन गर्यो तर अन्तिम सेटमा किर्गिस्तानसँग १५–६ को अंकमा पराजित हुन पुगेको थियो।

corrent noodles
Metro Mart

प्रतियोगितामा चार टोलीमात्रै सहभागी भएका कारण नेपालले जितविहीन भएर पनि सेमिफाइनल खेल्ने मौका पायो। नेपाललाई फाइनल पुगेर इतिहास बनाउने सुनौलो मौका थियो। तर प्रतिद्वन्द्वी थियो अपराजित रहेको बलियो टिम आयोजक बंगलादेश। पहिलो भेटमा उच्च प्रदर्शनका साथ पराजय भएको नेपाललाई बदला लिने मौका पनि थियो। तर नेपाल फेरि पनि चुक्यो र बंगलादेशसँग (२५-१५,२५-२२ र २५-१३)  ३-० को सोझो सेटमा पराजित हुन पुग्यो। स्वर्ण पदक जित्ने सम्भावना सकिएपछि नेपालले तेस्रो स्थानका लागि श्रीलंकाविरुद्ध खेल्यो। श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल जितविहीन बन्यो। पहिलो सेट २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट लगातार गुमाउन पुग्यो। नेपाल श्रीलंकासँग दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१९ पराजित भयो। त्यसपछि चौथो सेट नेपालले २५-२० ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। तर अन्तिम सेटमा नेपाललाई १५-१० ले हराएर श्रीलंकाले तेस्रो स्थान सुरक्षित गर्यो।

मुख्य प्रशिक्षक जगदीश भट्ट।
जितविहीन भए पनि टिमका प्रशिक्षक भट्टले आफ्नो टिमका खेलाडीहरुले सुरुवातदेखि अन्त्यसम्मै उच्च प्रदर्शन गरेको बताउँछन्। कम अनुभवका कारण पराजित भएको पनि उनले बताए। ‘हुन त हामीले त्यति लामो समय ट्रेनिङ गर्न पाएनौं। छोटो समयमा नै टिमका खेलाडीहरुले यस्तो राम्रो प्रदर्शन गरेकोमा म खुशी छु। हामीले राम्रो खेल्यौं तर कम अनुभवका कारण हामीले राम्रो नतिजा ल्याउन सकेनौं,’ उनले भने। साथै बंगलादेशमा गएर नयाँ उमेर समूहमा नयाँ खेलाडीका साथ खेलेर फरक अनुभव बटुल्न पाउनु नै टिमका लागि सबैभन्दा सकारात्मक पक्ष रहेको उनी बताउँछन्। ‘प्रतियोगितामा चार टिमको सहभागिता थियो। उनीहरुसँग हामीले जम्मा पाँचवटा खेल खेल्यौं र ती खेलका अनुभवहरु भनेको नै हाम्रा लागि आगामी दिनमा राम्रो नतिजा ल्याउनका लागि एउटा आधार पनि हो,’ भट्ट भन्छन्।

प्रशिककका अनुसार नेपालको पराजयको मुख्य कारण भनेको कमजोर सर्भिस र ब्लक हो। उनी भन्छन्, ‘टिमले जित निकाल्न नसक्दा हाम्रो मुख्य कमजोरी भनेको फितलो ब्लक रह्यो। जसले गर्दा हामीले ब्लक पनि राम्रो गर्न सकेनौं। तर यहाँ गरेका कमजोरीलाई क्लोज क्याम्प गरेर सुधार गर्नेछौं। हामीले आगामी दिनमा आफ्ना कमजोरीहरुलाई सुधार्दै लैजाने हो भने यो टिमले धेरै राम्रो नतिजा ल्याउने छ।’

नेपाली टिमः
धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ (लिवेरो)।

मुख्य प्रशिक्षक जगदीश भट्ट, सहायक प्रशिक्षक भरत यादव, टिम व्यवस्थापक जितेन्द्र श्रेष्ठ।


प्रकाशित: Dec 27, 2022| 20:02 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।