शुक्रबार, साउन १, २०८३

कलिङ भिसामा माल्दिभ्स पुगेकी संगिताको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
झापा- झापाको मेचीनगर नगरपालिका-१० घर भएकी २४ वर्षीया संगिता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ। 

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए। 

संगिताको शव आज बिहान घर ल्याइ पुर्‍याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ। सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए। 

मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै संगिताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो। अविवाहित संगिता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।