शुक्रबार, साउन १, २०८३

राप्रपा अध्यक्ष कमल थापा उडे सिंगापुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सिंगापुर प्रस्थान गरेका छन्। 

उनी शुक्रबार राति सिंगापुर प्रस्थान गरेका हुन्।  राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापा असोज ८ गते सिंगापुरमा हुने 'बिम्स्टेक एट २० : प्रायोरिटिज् एन्ड प्रोस्पेक्ट' सम्बन्धि कार्यशालामा सहभागी हुन गएका हुन्। 

उनले उक्त कार्यशालालाई सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ। सिंगापुर जाने क्रममा थापाले मलेसियामा राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाजको विशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए।  

पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिंगापुरमा रहेका बेला अध्यक्ष थापाको सिंगापुर भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पूर्वराजा शाहले सिंगापुरमा राजनीतिक भेटघाट गरिरहेका छन् भने र केहीदिनअघि राजनीतिक अभिव्यक्ति पनि दिएका थिए। शाहलाई भेट्ने कार्यतालिका भने तय नभएको श्रेष्ठले बताए। 

उनले थापाले पूर्वराजा शाहलाई भेट्नै नहुने भन्ने नरहेको बताए। 'राजासँग भेट्न सिंगापुर नै जानु पर्दैन नि, राजा जानु भन्दा अगाडि यहिँ भेट भएको थियो। र त्यहाँ भेट नहुने भन्ने पनि छैन तर कार्यक्रम तय भइसकेको छैन', श्रेष्ठले भने।  थापा असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।