शुक्रबार, साउन १, २०८३

सरकारले 'पोर्न साइट' मा प्रतिबन्ध लगाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ। 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए।

मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लीलसामग्रीको प्रकाशन-प्रसारणमा बन्देज लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।