शुक्रबार, मंसिर ७, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • तेक्वान्दो संघमा राखेपले जबरजस्ती विवाद सिर्जना गर्‍यो: प्रकाशशमशेर राणा [अन्तर्वार्ता]

Siddartha premir insuranceSiddartha premir insurance

तेक्वान्दो संघमा राखेपले जबरजस्ती विवाद सिर्जना गर्‍यो: प्रकाशशमशेर राणा [अन्तर्वार्ता]

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधानका लागि नेपाल तेक्वान्दो संघलाई खबर पठाएको तर सो संघका पदाधिकारी उपस्थित नभएपछि नयाँ संघ गठन गरेको जानकारी दिएको छ। तर दोहोरो संघका रुपमा रहेको राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष पनि कोइराला नै थिए। त्यसैले अहिले राखेपको यो कदमविरुद्ध विघटित नेपाल तेक्वान्दो संघले आन्दोलन (विरोध कार्यक्रम)को घोषणा गरेको छ।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, पुस ११, २०७९

गत वैशाख ९ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११३ औं बैठकले राखेपका उपाध्यक्ष समेत रहेका शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समाधान समिति गठन गरेको थियो। त्यो समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले तोकेको मापदण्ड विपरित चलिरहेका संघलाई खारेज गर्ने वा मिलाउने जिम्मेवारी पाएको थियो। त्यो समितिको सिफारिसबाट राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले तीन फरक खेलका छ संघलाई विघटन गरी एकै प्रकारका खेलको एकमात्र संघको तदर्थ समिति बनाएका छन्। ती तीन खेलमा तेक्वान्दो, उसू र बडी बिल्डिङ रहेका छन्।

triton college

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधानका लागि नेपाल तेक्वान्दो संघलाई खबर पठाएको तर सो संघका पदाधिकारी उपस्थित नभएपछि नयाँ संघ गठन गरेको जानकारी दिएको छ। तर दोहोरो संघका रुपमा रहेको राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष पनि कोइराला नै थिए। त्यसैले अहिले राखेपको यो कदमविरुद्ध विघटित नेपाल तेक्वान्दो संघले आन्दोलन (विरोध कार्यक्रम)को घोषणा गरेको छ। यसै विषयमा नेपाल समयका लागि विनय सापकोटाले विघटित नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणासँग कुराकानी गरेका छन्।

राखेप र नेपाल तेक्वान्दो संघको टसल चलिरहेको छ भन्ने सुनिन्छ नि त्यो के हो? र, कसरी सिर्जना भयो?
हामी (नेपाल तेक्वान्दो संघ) विश्व तेक्वान्दोबाट मान्यता पाएको वैधानिक संस्था हो। र, नेपालको खेल जगतमा सबैभन्दा धेरै सफलता हासिल गरेको संस्था नै तेक्वान्दो संघ हो। जसले १३ औं सागमा सबैभन्दा धेरै मेडल जित्यो। अहिले पनि ओलम्पिकमा झन्डै क्वालिफाइ भयो। दुई अंकले पुगेन। र, पहिले मेडल पनि पाइसकेको संस्था हो। भर्खरै पारा (रियाद विश्व पारा तेक्वान्दो च्याम्पियनसिप)मा नेपालको सबैभन्दा ठूलो मेडल ल्याएको खेल हो। विश्व वरियताको पहिलो, दोस्रो र तेस्रो स्थानको खेलाडीलाई हराएर मेडल ल्याएको संस्थालाई खेलकुद परिषद्ले विवादको रुपमा लिएर विघटन गरेको छ।

हाम्रो संघमा कुनै विवाद नै छैन। विवाद त खेलकुद परिषद्ले गठन गरेको समितिमा थियो। र यो पनि परिषद्ले सिर्जना गरेको विवाद हो। अरुजस्तो संघमा वा कार्यसमितिमा विवाद भएर टुक्रिएको संघ थिएन हाम्रो त। नेपाल तेक्वान्दो संघ हुँदाहुँदै अर्को संघ गठन गरेर, पहिले माओवादी कालमा सदस्य सचिव युवराज लामाले गठन गर्नुभएको थियो। उहाँ आफैंले पनि अवैधानिक तवरबाट संघ गठन गरेँ भनेर भन्नु भएको छ। र, जुन संघले हिजोको दिनमा आफ्नै राष्ट्रिय खेल सञ्चालन गरेको छ। मेडल र प्रमाणपत्र आफैंले दिएको छ। त्यति मात्र नभएर उनीहरुको विधान र मुख्यालय पनि फरक हो। त्यस्तो संघलाई हामीजस्तो सफलता हासिल गरेको संघसँग मुछेर विवादमा ल्याउने काम खेलकुद परिषद्ले गरेको छ। हामी यसबारेमा पहिले निर्णयको लागि धेरै कुर्यौँ। अब चाहिँ नकुर्ने। अति नै भयो भनेर विरोधमा नै लागेका छौं।

राखेपले दुवै (नेपाल क्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ) संघलाई पत्राचार गरेर विवाद समाधान गर्नका लागि बोलाएको थियो नि होइन?
हामी पहिले पनि धेरैपल्ट गयौं। तर पछिल्लो पल्ट चाहिँ नगएकै हो। पहिले पिताम्बर तिमल्सिनाको पालामा गएर हामीले जवाफ दिएको हो। तर सधैं हाम्रो प्रश्न के हो भने विवाद समाधान भनेको के हो? जुन संघमा विवाद हुन्छ त्यसको पो समाधान हुन्छ। हाम्रो मा त विवादै छैन। बाहिर सौता हालेको संघलाई ल्याएर जबरजस्ती मिल भन्दा मिल्दैनौं हामी त।

Metro Mart
vianet

विवाद समाधान समितिमा भएका सदस्य र संयोजकमा पनि तपाईंको चिन्ता र चासो हो?
हो। अहिलेको अवस्थामा विवाद समाधान समितिको संयोजक को छ भन्नुहोस् त? उतैपट्टीको (राष्ट्रिय तेक्वान्दो) संघको अध्यक्षलाई समितिको संयोजक बनाएको छ। अब हाम्रो विरोधि संघको अध्यक्षलाई विवाद समितिको मूल बनाएर हामी उहाँसँगै बसेर सहकार्य गरेर जान मिल्छ त?

हामी के आशामा किन जाने? यहि कारणले हामी नगएको हो। म फेरि पनि भन्छु– हाम्रो संघमा त विवाद नै छैन। हाम्रो संघमा विवाद भएको देखाउनुहोस् न उहाँले। बाहिरको संघसँग हामी कुनै हालतमा मिल्दैनौ। अहिले अदालतमा मुद्दा गइसकेको छ। उसले जे निर्णय गर्छ हामी स्विकार्छौं।

समाधान समितिमा भएका संयोजकबारे यसअघि कहिल्यै सम्बन्धित निकायमा अपिल गर्नुभयो त?
यसबारेमा त हाम्रो सिद्धान्त के भने, हाम्रो संघमा विवाद छैन भन्ने नै हो। हाम्रो कार्यसमितिमा विवाद नै नभएपछि त्यस्तो काममा किन गइराख्न पर्ने जरुरी छ र?

पुनर्गठित संघमा स्थान दिएको भए तपाईंहरु जाने कि नजाने? तेक्वान्दोको विकास चाहने मानिस त्यहाँ पनि होलान् नि मिलाएर अघि जाने विषयमा चासो रहेन?
त्यस्तो चासो रहेन। किनभने, तपाईंले जुन संघ (राष्ट्रिय तेक्वान्दो संघ)को कुरा गरिरहनु भएको छ त्यो संघ र बक्सिङ वा कराते संघमा हामी फरक नै देख्दैनौ। त्यो त संघ नै फरक हो नि। भोलि कराते संघमा पनि राम्रो मान्छे छ उसलाई पनि मिलाएर लैजाउ भन्दा हामी लाँदैनौ नि। हाम्रो विधान छ। त्यो विधान अनुसार चल्छौं। अर्को संघको मानिस लिएर कसरी चल्छौं त हामी। विवाद छ भने त्यो इंगित गर्नुपर्यो, त्यसलाई स्विकारेर समाधान गर्छौं। वाहिरको संघको विवाद त हामीलाई मतलब भएन।

ऐनमा एक प्रकारको खेलको एक संघमात्र हुनुपर्ने भनेको छ नि? एकभन्दा धेरै भए त्यसलाई समायोजन गर्ने पनि भनेको छ। तपाईँहरुले नेपालको ऐन नमानेको हो?
ऐन हेर्नुभएकै होला। संघमा एकै प्रकृतिका दुई संघ गठन हुँदैन भनेको छ भने त्यो संघ कसरी गठन भयो? त्यो गठन गर्ने हाम्रो कमजोरी हो? कसले गठन गरेको हो त्यो? खेलकुद परिषद्ले गरेको होइन? त्यो संघको गठन नै गलत छ। त्यो कुरा हो भनेदेखि। होइन भने उसको राष्ट्रिय प्रतियोगिता नै भिन्न छ। मेडल आफैंले दिने गर्दछ। सर्टिफिकेट बाँडेको छ। राष्ट्रिय खेलकुदबाट बजेट लिएको छ। एकै प्रकारका संघ भएको भए एउटैमा खेलाउनु पर्ने होइन र? उनीहरुले भिन्नै बजेट लिएर, भिन्नै विधान बाएर, भिन्नै मेडल दिएर खेलाउने अहिले आएर हामीसँग मिल भन्दा मिल्छौं त? मिल्दैनौ हामी।

अब तपाईंहरुको ठोस निष्कर्ष के हो त?
यो विषय मुद्दा (अदातल) मा गएको छ। जे हुन्छ हामी त्यसलाई स्विकार्छौं।

राखेपले फेरि बोलाएर तपाईंहरुलाई नै मुख्य स्थान दिने, संघ एकै बनाउने, विधान पनि समायोजन गर्ने गरि पहल गर्यो भने चाहिँ के गर्नु हुन्छ त?
हामी मान्दैनौ। हामीले हिजोदेखि नै भनिरेका छौं, हामी मन्दैनौँ। भोली गएर करातेसँग मिलेर जा भन्यो भने हामी मान्छौ त? हाम्रो संघको विधान अनुसार चल्छौं। ऐनमा पनि त्यहि त छ नि। एकै प्रकृयाको संघ भएको भए एकै विधानमा चल्नु पर्ने होइन र? विधान नै फरक छ त। त्यसैले यसलाई हामी कुनै हालतमा स्विकार्दैनौं।

केही महिनाअघि विश्व तेक्वान्दो को अध्यक्ष (जो जङवोन) नेपाल आउनु भएको थियो। उहाँ पनि यो स्थितिबारे जानकार हुनुहुन्छ। यसबारे उहाँले केहि भन्नुभयो?
यहाँले यो विषयमा हामीलाई एउटा प्रमाण पत्र दिनुभएको छ। ‘विश्व तेक्वान्दोले चिन्ने संघ भनेको नेपाल तेक्वान्दो संघ मात्र हो’ भनेर उहाँले प्रमाणपत्र दिनुभएको छ।

बाँकी सुझाव केहि दिनुभएको छ त? अनि नेपालमा अहिलेको सिर्जित स्थितिबारे विश्व तेक्वान्दोलाई थाहा छ?
जसरी चलिरहेको हो त्यसरी नै चल्नु भनेर उहाँले सुझाव दिनुभएको छ। हामीले यस विषयमा अध्यक्ष र डब्लूटीसँग सहकार्य गरिसकेका छौं। उहाँ (अध्यक्ष)ले तिमीहरुले चिन्ता गर्नु पर्दैन जसरी चलिरहेका छौ। त्यसरी नै चल भन्नुभएको छ।

अनि अर्को कुरा पनि भनिहालौँ, ल हामी यहाँबाट हट्यौं नै अरे। अब अर्को संघले विश्व तेक्वान्दोको मान्यता नपाई केहि कार्यक्रम अगाडि बनाउन सक्छ त? प्रतियोगितामा सहभागी बन्न सक्छ? सबै प्रतियोगिता बन्द हुन्छ उनीहरुलाई। ऐनमा पनि त्यै त छ नि।  जुन संघलाई अन्तर्राष्ट्रिय मान्यता हुन्छ त्यो संघ नै हुन्छ। अरु त क्लबसरह हुन्छ भनेर ऐनमा प्रष्टै लेखेको छ नि। यो त विवाद सिर्जनाका लागि गरिएको विवाद मात्र हो।

तपाईंलाई याद छ? विश्वका अन्य देशमा यस्तो समस्या सिर्जना हुँदा कसरी हल गरिन्छ ?
याद छ, भारतमा हिजोको दिन यस्तै भएको थियो। त्यहाँ जसलाई अन्तर्राष्ट्रिय मान्यता पाएको हुन्छ, त्यसलाई मात्र देशले पनि मान्यता दिएको छ। भारतले त्यो समस्या समाधान गरेर आज जसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ उसैले काम गर्छ।

त्यहाँ मात्र होइन, नेपालको ओलम्पिक कमिटीमा पनि त्यहि भएको होइन र? जसले अन्तर्राट्रिय मान्यता पाउँछ उसले नै सञ्चालन गर्ने हो नि। यसलाई चाहिँ विश्व तेक्वान्दोले सरकारको हस्तक्षेपको रुपमा लिन्छ। हामी त्यसमा ढुक्क छौं। हामी जसरी हिँडिरहेका छौं। त्यसैमा नै हिँड्छौं। बरु छोड्न परे छोड्छौं।

तपाईंहरुको अन्तिम अडान के हो त ?
हामी पहिले भनेकै अडानमा बस्छौं। अदालतको फैसला चाहिँ हामी स्विकार्छौं। कोर्टको फैसला उनीहरुलाई गयो भने फूलमालाले स्वागत गर्छौं। यो विषयले हामीलाई मात्र हान्या होइन। अरुको पनि त्यहि स्थिति छ नि। त्यहि भएको हुनाले हामी पछि हट्दैनौँ।

मंगलबार विरोध र्‍याली गर्ने भन्नु भएको रहेछ। तपाईंहरुको जिल्ला र प्रदेशमा कति संघ छन्। उहाँहरु तथा प्रशिक्षक रेफ्रीहरुको राय के छ?
सातै प्रदेशमा हाम्रो संघ छ। जुम्लामाथिका बाहेक सबै जिल्लामा हाम्रो संघ विस्तार भएको छ। जिल्लाहरुमा हाम्रो एउटै आवाज हो। कसैले पनि राखेप र मन्त्रालयको कदम स्विकार गरेको छैन। तपाईंहरुले थाहा पनि पाउनु भइसक्यो होला। केहि प्रदेशमा तालाबन्दी पनि भइसक्यो। आजबाट अरु ठाउँमा पनि तालाबन्दी सुरु हुन्छ। त्यसले हामी राखेपमा पनि जान्छौं, सल्लाह गर्छौँ।

आजबाट हाम्रो विरोध सुरु हुन्छ। अब रेफ्री र प्रशिक्षकले पनि हामीलाई साथ दिनुहुन्छ भन्ने आशा छ। उहाँहरु तेक्वान्दो संघको  हो र यहि संघबाट मान्यता लिनु भएको हो। र पछि पनि लिनुपर्छ। तेक्वान्दो संघ नमानेर अरु तिरै जान्छ भने त उनीहरुलाई पनि घाटै छ नि। तर यो प्राविधिक विषय पछिको कुरा हो। मलाई लाग्छ, उहाँहरु मुर्ख हुनुहुन्न, यस विषयमा सोचेर निर्णय गर्नुहोला। उहाँहरुलाई थाहा छ कुन संघ मान्यता प्राप्त हो र कुन संघ होइन भनेर उहाँहरु प्रष्ट हुनुहुन्छ।

प्रकाशित: Dec 26, 2022| 14:09 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।